• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

संक्रमित सबै घरमा, आइसोलेसन रित्तै

  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । बिहीबार तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ८७ जनाको परीक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरानाका सक्रिय संक्रमितको संख्या ७४४ पुगेको छ । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका १२ ठाउँमा १७० बेड क्षमताको आइसोलेसन तयार छन् । तर, कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा पनि संस्थागत आइसोलेसन रित्तै छन् । आइसोलेसनमा बस्न संक्रमित चाहँदैनन् ।

    संक्रमितलाई जटिल समस्या नदेखिएकाले आइसोलेसनमा बस्नेको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रामबहादुर नेपाली बताउँछन् । ‘यसअगाडिको लहरमा जस्तो जटिल समस्या देखिएको छैन । सामान्य अवस्था भएकाले पनि संक्रमित होम आइसोलेसनमै बस्न इच्छुक छन्’, नेपालीले भने ।

    संक्रमितलाई टाउको दुख्ने, ज्वरो आउने, घाटी खसखस हुने, सुख्खा खोकी लाग्ने, रातको समयमा पसिना आउने, जिउ दुख्ने र स्वर दब्ने जस्ता लक्षण देखिएका उनले बताए । आइसोलेसनमा बस्नेको संख्या शून्य भए पनि सबै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको उनको दाबी छ । उनले अगाडी थप्दै भने, ‘संक्रमण बढ्दै छ । आइसोलेसन आवश्यक हुन सक्छ । तसर्थ आइसोलेसनलाई तयारी अवस्थामा राख्न स्थानीय तह र अस्पताललाई निर्देशन दिएका छौं ।’

    स्वास्थ्य सतर्कता अपनाएमा जटिल समस्या नभएकालाई संस्थागत आइसोलेसनको तुलनामा होम आइसोलेसन उपयुक्त हुने म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे बताउँछन् । उनी भन्छन्, ‘घरमा खानपिन र बसाइँको व्यवस्थापन राम्रो हुन्छ । परिवारको निगरानी पनि हुन्छ । तर, होमआइसोलेसनमा बस्नेले सतर्कता अपनाउनु पर्दछ ।’ होम आइसोलेसनमा बसेकाले लापरबाही गरेको खण्डमा टोल छिमेकमा संक्रमण फैलने जोखिम बढी हुने घिमिरेको भनाई छ ।

    जिल्लाका १० स्थानीय तहले पहिलो लहरमै आइसोलेसन तयार पारेका थिए । स्थानीय तहको आइसोलेसन प्रयोगमा भने उतिसारो आउन सकेका छैनन् । पहिलो र दोस्रो लहरमा जिल्लाका अधिकांश संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा र दमौली अस्पतालको आइसोलेसनमा बसेर निको भएका थिए ।

    हाल जिपीमा पाँच बेड आइसियु र तीन बेड भेन्टिलेटरसहित ३० बेडको आइसोलेसन छ । यहाँ  जिल्लाका स्थानीय तह मिलेर छुट्टै आइसोलेसन भवन बनाइदिएका छन् । यस्तै, दमौली अस्पतालले पनि सात बेड आइसियु र चार भेन्टिलेटर सहितको २५ बेड क्षमताको आइसोलेसन सञ्चालन गरेको छ ।

    जिल्लामा वैशाखयता ६ हजार १३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये पाँच हजार २६२ जना निको भएका छन् । वैशाखयता मात्र कोरोना संक्रमणका कारण १३१ जनाको मृत्यु भएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.