• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ : शंकर पोख्रेल

  •   शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन टार्न खोजेको आरोप लगाएका छन् । उनले आवधिक निर्वाचन गर्दा प्रतिगमन हुने सोच पालेर बसेको वर्तमान सत्ता गठबन्धनले मुलुकमा अस्थिरता मात्रै निम्त्याएको दाबी गर्दै निर्वाचन टारेर अघि बढ्न खोजेको ठोकुवा गरे ।

    बाँकेको खजुरा गाउँपालिकाले तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत करिब एक करोड रुपियाँको लागतमा घरवास र जग्गाविहीन विपन्न परिवारका लागि निर्माण गरेको सामूहिक आवास शुक्रबार उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।

    लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको दाबी गर्दै भने, ‘वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर पार्ने षडयन्त्र गर्दै निर्वाचन टार्ने प्रयत्न गरी रहेको छ । वर्तमान पाँचदलीय गठबन्धन जनता माझ जान डराइ रहेको कारणले निर्वाचन धकेलिन खोजिएको हो ।’

    उनले सत्ता भागबन्डा र अस्थिरताको कारण मुलुकको सबै क्षेत्र लथालिङ्गको अवस्थामा पुराएको आरोप लगाउँदै बैंकहरुमा मौद्रिक तरलता देखिन थालेको, आयात बढेको, महँगी हद भन्दा बढी आकासिएको साथै वैदेशिक मुद्रा सञ्चित हुन नसकेको बताउँदै जता हेर्दा पनि भद्रगोलै भद्रगोल भएको आरोप लगाए ।

    उनले भने,‘वर्तमान गठबन्धन देश र जनताको पक्षमा नभई एमालेलाई सत्ताच्युत बनाउन मात्रै निर्माण भएको हो । विगतमा लुम्बिनी प्रदेश सरकार ७ जना मन्त्रीले नमुनाका रूपमा प्रदेश सरकार सञ्चालन गर्दै विकासको गति अघि बढाएका थियौ । तर अहिले मन्त्रीको सङ्ख्या १७ पुगे पनि जनताको काम सन्तोषजनक हुन सकेको छैन ।’

    बाँकेको खजुरा गाउँपालिका-३ को बि–बोरिङमा निर्माण गरिएको सामूहिक आवासमा १६ वटा घर निर्माण सम्पन्न भएर वितरणसमेत गरी सकेको छ, भने ५ वटा घर निर्माणाधीन अवस्थामा छन् । निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आह्वान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न व्यक्ति पहिचान गरी घर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

    शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति हुनेगरी आवास निर्माण गरिएको छ । सो कार्यक्रमको स्वागत गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले गरेकी थिइन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.