काठमाडौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टीको निर्देशन नमानेकामा सांसद र पार्टीबाटै निष्काशन गर्न पार्टी कार्यदलले सिफारिश गरेको छ ।लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्शासहितको निशान छाप संविधानको अंग बनाउन गरिएको संविधान संशोधनमा गिरिले पार्टी ह्वीप उल्लंघन गरेकामा कार्वाहीको लागि सिफरिश गरिएको हो । जेठ २७ गते संविधान संशोधनका लागि भएको मतदानमा समाजवादी पार्टी संशोधनका पक्षमा उभिए पनि गिरिले संशोधनविरुद्ध राखेको प्रस्ताव फिर्ता नलिएकाले पार्टी रुष्ट बनेको थियो । यसबारेमा पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरिले पार्टी निर्देशन अवज्ञा गरेको ठहर गर्दै कार्वाहीका लागि सिफारिश गरेको हो ।








