चितवन । चितवनका सातै पलिकामा माघ २३ देखि १२ बर्ष भन्दा माथिका बालबालिकालाई कोरोनाबिरुद्दको खोप दिईने भएको छ । माघ २३ देखि २६ गते सम्म १२ बर्ष देखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप दिईने भएको हो ।
स्वास्थ्य कार्यलयले चितवनले एक सुचना जारी गर्दै भरतपुर महानगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका, रत्नगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका र इछाकामना गाउपालिकाम्मा एकै पटक खोप सन्चालन गर्न अनुमती दिएको छ ।









