चितवन । चितवनमा आज थप ६६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४२९ जनाको कोरोना परिक्षण गर्दा ४५ जनाको पिसिआर र २१जनाको एन्टिजेनबाट कुल ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस सँगै जिल्लाभर संक्रमितको संख्या ३३ हजार १०५ पुगेको छ ।
आज जिल्लाभर ३ हजार ४४३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ हजार ४०६ जना होम आइसोलेसनमा रहेका छन् भने ३७ जना अस्पतालमा उपचाररत छन् । यता, आज जिल्लाभर ४८८ जना कोरोनामुक्त भएका छन् । यस सँगै कोरोनामुक्त हुनेको २९ हजार २२१ पुगेको छ ।








