चितवन । चितवनका विद्यालयहरुमा आज (आइतबार) देखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुँदैछ । आजदेखि २५ गतेसम्म १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई खोप लगाइनेछ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा ८० हजार बढी विद्यार्थीलाई मोर्डना खोप लगाइनेछ । यसका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिनेछ ।
दुई सय भन्दा कम विद्यार्थी भएका विद्यालयलाई मर्ज गरेर एउटै खोप केन्द्र स्थापना गरिनेछ । दुई सय भन्दामाथि विद्यार्थी रहेका विद्यालयको हकमा भने सोही विद्यालयमा खोप केन्द्र स्थापना गरिने स्वास्थ्य कार्यालय चितवनकी तथ्याङ्क अधिकृत गीताञ्जली ढकालले जानकारी दिईन् । यो अभियान स्थानीय तह स्तरबाट सञ्चालन हुनेछ ।
यस लागि सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गर्ने स्वास्थ्य कार्यालयकी तथ्याङ्क अधिकृत ढकालले जानकारी दिईन् । जिल्लाका स्वास्थ्यकर्मीहरुलाई खोप सम्बन्धि तालिम दिईसकिएको उनले बताईन् ।








