पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या १ हजार ११६ पुगेको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार थप ३ जनामा कोरोना पुष्टि भएको छ । थप हुनेहरुमा बागलुङको गलकोटकी २४ वर्षीया महिलासहित तनहुँको म्याग्देका २९ वर्षीय तथा म्याग्दीको बेनी निवासी ३३ वर्षीय पुरुष रहेका छन् ।









