सिराह । सिराहमा मास्क नलगाई हिँडेका ६४ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । गृह मन्त्रालयले मास्क नलगाई हिडनेलाई कारवाही गर्न देशभरका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई परीपत्र गरेसंगै प्रहरी मास्क नलगाई हिड्नेलाई कडाइ गरेको हो । जिल्लाको विभिन्न स्थानबाट मास्न नलगाई हिडेका ६४ जनालाई नियन्त्रण लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन । यता मकवानपुर प्रहरी प्रमुख एसपी सुशिल सिंह राठौरले मकवानपुरमा मास्क नलगाई हिडनेको संख्या खासै नरहेको र कसैले मास्क नलगाई हिडेमा सम्झाइ बुझाई मास्क लगाउन भनिएको बताए ।








