चितवन । चितवनमा सक्रिय संक्रमितको संख्या एक सातादेखि निरन्तर घट्दै गएको छ । एक हप्ता अघि ४ हजार बढी सक्रिय संक्रमित रहेको जिल्लामा आज २ हजार ९५३ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये २ हजार ९१२ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना अस्पतालमा उपचाररत छन् । आज चितवनमा थप ६६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५५६ जनाको कोरोना परिक्षण गर्दा ५३ जनाको पिसिआर र १३ जनाको एन्टिजेनबाट कुल ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस सँगै जिल्लाभर संक्रमितको संख्या ३३ हजार १८३ पुगेको छ । यता, आज जिल्लाभर १०० जना कोरोना मुक्त भएका छन् । यस सँगै कोरोनामुक्त हुनेको २९ हजार ७८८पुगेको छ ।








