बारा । नेपाल प्रहरीले ५ लाख भन्दा बढिका भन्सार छलीका कपडासहित ४ जनालाई पक्राउ गरेको छ । बाराको कलैया(१२ शितलपुर टोल स्थित सडक खण्डमा स्थानीय २० बस्ने वर्ष ४१ को रफिक अंसारी, वर्ष २२ को रिजवान मन्सुरी, ना।२ ह।३३६३ नम्बरको अटो चालक स्थानीय वर्ष ४१ को जंगीलाल साह र ना।२ ह ५४४० नम्बरको अटो चालक वर्ष २२ को जोखु पसवानलाई पक्राउ गरेको हो । अटोमा भारतबाट भन्सार छली नेपाल भित्राएको ५ लाख ८ हजार ८ सय ७० रूपैयाँ बराबरको थान कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अटो, कपडा र मानिसलाई भन्सार ऐन अनुसार आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज पर्सामा पठाइएको छ ।








