फाईल फोटो
काठमाडौं । आठ जना प्रहरीको हत्या गरेर फरार भएका भारतका विकास दुबे पक्राउ परेका छन् । भारतीय मिडियाले दुबे नेपाल प्रवेश गरेको अफवाह फैलाएको केही दिनभित्रै उनलाई मध्यप्रदेशको उज्जैन भन्ने स्थानमा रहेको महाकाल मन्दिरबाट बिहीबार बिहान पक्राउ परेका हुन् । अघिल्लो साता उत्तर प्रदेशको कानपुरमा गुण्डा नाइके दुबे पक्रन पुगेको प्रहरी टोलीमाथि आक्रमण हुँदा डिएसपीसहित ८ भारतीय प्रहरी हत्या भएको थियो । तर २ दिन अघि मात्रै प्रहरीले उनका सहयोगीलाई भारतबाटै पक्राउ गरेको थियो । मोष्ट वान्टेड सूचिमा रहेका दुबैलाई हत्या, अपहरण, फिरौती जस्ता अनेक मुद्धा छन् । उनी भारतमा रहेर नेपाली व्यापारीलाई धम्क्याएर रकम असुलीमा पनि सक्रिय थिए ।








