• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अन्तर्वार्ता: पर्यटनबाट समृद्धि सम्भव छ भनेर बन्दीपुरले प्रमाणित गरेकाे छ – पूर्णसिं थापा, अध्यक्ष, बन्दीपुर गाउँपालिका

  •   सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पर्यटकीय क्षेत्र बन्दीपुरलाई समृद्ध बनाउन गाउँपालिका अध्यक्ष पूर्णसिं थापा नेतृत्वको टिम अनवरत लागिरहेको छ । संघीयताको कार्यान्वयनसँगै निर्वाचित भएर आएका जनप्रतिनिधिको टिमले बन्दीपुरमा निर्वाचनका बेला गरेको एउटाबाहेक सबै प्रतिबद्धता पूरा गरेको दाबी छ । पाँच वर्षे कार्यकाल पूरा हुन अब तीन महिना मात्र समय बाँकी रहँदा बन्दीपुरमा के कति काम भएका छन् त ? न्युज कारखानाकर्मी विनोद ढुंगानाले गाउँपालिका अध्यक्ष थापासँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

    अबको तीन महिनामा तपाईको कार्यकाल सकिँदैछ, यो अवधिसम्मको अनुभव कस्तो रह्यो ?

    संघीयता नेपालमा पहिलो पटक प्रयोग हुँदै थियो, त्यो प्रयोगकर्ताको रूपमा जनताले दिएको जिम्मेवारी ऐतिहासिक र अनुभवै अनुभवको संग्रह जस्तो भइरहेको छ । हामीसँग अनुभव त थिएन, काम गर्ने क्रममा धेरै सिक्ने मौका पायौँ । यो एउटा सिकाइको विश्व विद्यालय जस्तो भा’छ मलाई ।
    सिक्दै काम गदै गर्दा पनि हामीले जनतासँग जे जति प्रतिबद्धता गरेका थियौँ पूरा गरेका छौँ । हामीले वाचा गरेका कुरा पूरा गर्नपर्छ भन्ने हुटहुटी भित्रैदेखि थियो । हिजो गरेको निर्वाचनका बेला गरेका प्रतिबद्धता र घोषणापत्र सिरानीमा राख्ने गरेकाे छु । कहिलेकाहीँ पल्टाएर हेर्छु, कति गर्न सकियो सकिएन भनेर घोत्लिने गर्छु । त्यतिबेला हामीले प्रतिबद्धता गरेबमोजिम लगभग सबै काम गरेका छौँ ।
    घोषणापत्रअनुसार के-के काम गर्नुभयो त ?

    एउटा मात्रै काम गरिएन । हरेक वडामा हेलिप्याड बनाउने भनेका थियौँ।  बन्दीपुर जस्तो ठाउँलाई हेलिप्याडको आवश्यकता रहेनछ । किनकि यो सुगमताले भरिएको पालिका हो । सबै वडामा सबै गाउँमा सडक सञ्जाल सुविधाजनक रूपमा पुगेकाले हेलिप्याड बनाउन हामीले आवश्यक ठानेनौँ ।
    अन्य प्रतिबद्धता चाहीँ हामीले पूरा गर्‍यौँ । हामीले जनताको आधारभूत आवश्यकता पूरा गर्छौँ भनेका थियौँ । उज्यालो बन्दीपुर बनाउँछौँ भनेका थियौँ त्यो पनि सफल भयो । रिङरोड बनाउने महत्वाकांक्षी योजना थियो, थोरै खर्चमा हामीले पूरा गरेका छौँ । रिङरोडले बन्दीपुरको सामारिक महत्व राख्छ, बन्दीपुरको विकासमा दूरगामी प्रभाव पार्दछ भन्ने हाम्रो अवधारणा थियो । रिङरोडको हामीले ट्रयाक खन्न सफल भएका छौँ । १२ महिनै सवारीसाधन चल्ने बनाउन सकिरहेका छैनौँ त्यो बनाउने दौडमा छौँ अहिले । सबै वडामा, गाउँमा सडक लाने भनेकोमा सफल भयौँ । त्यसलाई स्तरोन्नति गर्न बाँकी छ । हामीले हरेक वडा कार्यालय जाने सडक पिच गर्छौँ भनेका त थिएनौँ तर करिब करिब वडा कार्यालयसम्म पुग्ने सडक पिच गर्ने हकमा ८० प्रतिशत सफल बन्यौँ ।
    थुप्रै ठाउँमा खानेपानीको समस्या थियो । खानेपानीका ठूल्ठूला योजना सफल भा’को छ बन्दीपुरमा । कृषिमा आधुनिकीकरण गरेर उत्पादन वृद्धि गर्ने जुन लक्ष्य थियो सुरुवात भएको छ । चक्लाबन्दी गरेका छौँ ।  हाते ट्याक्टरदेखि ठूला ट्याक्टरसम्म, थ्रेसर मेसिन किसानलाई वितरण गर्न सफल भएका छौँ । अनुदानले उत्पादन बढ्ने भएकाले किसानमा हौसला समेत थपिएको छ ।
    बन्दीपुर गाउँपालिकाले एक लिटर दूधमा एक रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ ।  हामीले सुरु गरेपछि गण्डकी प्रदेश सरकारले पनि यो योजना सुरु गरेको छ । हामीले सुरु गरेको अभियानले गण्डकी प्रदेशभरका किसान लाभान्वित भएका छन् ।  कृषि र पशुपालनमा पकेट क्षेत्रहरू बनाउन सफल भएका छौँ । यी सबै आधारभूत काम हो । यी कामको परिणाम अबको तीन चार वर्षमा मात्र देखिन सुरु गर्छ । यसबाट उत्पादन वृद्धि हुन्छ र रोजगारी सिर्जना हुन्छ ।

    बन्दीपुर त पर्यटकीय नगरी हो, पर्यटनको क्षेत्रमा चाहिँ के के गर्नुभयो ?

    बन्दीपुर ऐतिहासिक थलो हो । इतिहास हाम्रो सम्पदा हो, सम्पत्ति हो । सम्पदा जगेर्ना गर्नु हाम्रो उत्तरदायित्व हो । सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नु हाम्रो समृद्धिकाे खुड्किलो हो भन्ने लाग्दछ । त्यसकारण हामीले ती सम्पदालाई जोगाउँदै, पुनर्निर्माण गर्दै नेपालमा मात्र नभएर विश्वमा चिनाउने कोसिस गरेका छौँ ।
    यो चार वर्षमा त्यसलाई सम्पत्ति अर्थात् रोजगारसँग ढालेर यहाँको युवाहरूलाई रोजगारी दिने र पालिकाको आम्दानीको रूपमा प्रयोग गर्ने सोच बनाएका थियौँ । त्यो विस्तारै सफल भएको छ । जति गर्नुपर्ने थियो पाँच वर्ष हामीलाई पर्याप्त थिएन् । मुलुकको आर्थिक स्थिति हेर्ने हो भने गएगुज्रेको अवस्थामा छ । विकास बजेट निकै कम छ । तैपनि कम बजेटलाई अधिकतम सदुपयोग गर्ने काम बन्दीपुरले गरेको छ ।
    हामीले बन्दीपुरलाई नेपालकै नमुना पर्यटकीय क्षेत्र बनाउने अभियान सुरुवात गरेका छौँँ । पर्यटनबाट समृद्धि सम्भव छ है भनेर बन्दीपुरले अभियान सुरुवात गरेको हो । पर्यटनमा हामीले अहिले गरेको कामको प्रतिफल तीन चार वर्षमा देखिन्छ । त्यतिबेला यहाँ हजारौँ युवाले रोजगार पाउँछन् । सयौँ व्यवसाय थपिन्छन् । हजारौँको संख्यामा पर्यटक भित्रिन्छन् । जति पर्यटक आउँछन् त्यति रोजागारीको अवसर सिर्जना हुन्छ, उत्पादन बढ्छ । उत्पादनको बजारीकरण हुन्छ ।

    तपाई जुन पार्टीबाट प्रतिनिधित्व गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो त्यही पार्टी माओवादी केन्द्रले भन्दै आएको शहिद, बेपत्ता, घाइते र पीडित वर्गको पक्षमा केही गर्नुभयो ?

    हामी निर्वाचित भएर आएपछि पार्टी हराएको अनुभूति भएको छ । माथिल्लो नेतृत्वले हामीसँग कहिल्यै छलफल गरेन । हामीले नै पार्टी खोज्नुपर्ने स्थिति थियो र पार्टीसँग पनि मास्टर प्लान नभएको अनुभूति हुन्छ । नेपालका सबै पार्टीसँग त्यो हुन जरुरत थियो, भएन । तैपनि हामी उत्पीडित वर्गका लागि संघर्ष गरेको पार्टी र हाम्रो प्रयासले गर्न धेरै खोजेका छौँ । बन्दीपुरमा शहिद पार्कहरू बनायौँ । हरेक वर्ष शहिदको स्मरण गर्ने स्मृति सभाहरू मनायौँ हरेक वर्ष शहिद परिवारका लागि एउटा नएउटा काम गरेका छौँ । कहिले न्यानो कपडा वितरण, कहिले आर्थिक सहयोग गर्‍यौँ । रोजगारी सिर्जना गर्दा शहिद, बेपत्ता र घाइते परिवारलाई प्राथमिकतामा राख्छौँ । रोजगार मात्रै होइन, अनुदान दिँदा पनि प्राथमिकता दिएका छौँ । यो वर्षदेखि बन्दीपुर गाउँपालिकाले छात्रछात्रा दुईजनालाई नि:शुल्क इञ्जिनियरिङ पढाउने भनेको छ । त्यसमा पनि पहिलो प्राथमिकता शहिद, घाइते, बेपत्ता र उत्पीडित परिवारलाई नै दिएका छौँ । अरु पालिकाको तुलनामा बन्दीपुरले परिर्वतनका संवाहकलाई समेट्ने कोसिस गरेको छ ।

    प्रतिबद्धता पूरा गरेपछि जनअपेक्षा पनि पूरा भएका छन् कि झनै बढेको छ ?

    जनअपेक्षा कहिल्यै पनि घट्दैन, झनै बढ्छ । नेपालमा सबै खाले व्यवस्था गएपछि हामीले चाहेको जस्तो व्यवस्था आएपछि जनताको अपेक्षा सगरमाथा जस्तो अग्लो छ । हाम्रो क्षमताभन्दा बढी मागहरू आकांक्षा छन् । यो स्वाभाविक पनि हो । तर हामीले जनताले अपेक्षा गरेअनुसार गर्न पनि सकिन्न, जनतालाई बुझाउन जरुरी छ । कतिपयले बुझ्नु पनि भा’छ । कतिपय जनअपेक्षा पूरा गर्दा गर्दै पनि गरेको नदेख्ने हुँदो रहेछ राजनीतिमा । हेर्ने दृष्टिकोणमा खराबी या फरक भएर हुन सक्छ । सकरात्मक रूपमा हेर्दियो भने हामीले गरेको कामहरु सराहनीय छन् । जे जे बोलेका थियौँ त्यही गरेका छौँ ।

    अबको तीन महिनामा तपाईहरूकाे कार्यकाल सकिँदैछ । यो अवधिसम्म संघीयताको मर्मअनुसार भएका संघ, प्रदेश र स्थानीय सरकारको तालमेल कस्तो छ ?

    तीन तहको सरकार तालमेल कताकता नमिलेको जस्तो लाग्दछ । प्रदेश र स्थानीय सरकारमा केही कुरा नमिलेको जस्तो लाग्दछ । संघ सरकारसँग पनि केही नमिले जस्तो छ । संघीयताको मर्मअनुसार तल जग बलियो बनाउ भन्ने हो । नेताहरूले जगलाई त्यति वास्ता गरेको पाइँदैन । जग बलियो भए पो त्यो घर बलियो हुन्छ । स्थानीय तहलाई शक्तिशाली बनाउन जरुरी थियो । प्रशस्त बजेट पठाउनुपर्ने थियो । तर त्यसो गरिएन ।

    भनेपछि प्रदेश र संघले अभिभावकिय भूमिका खेल्न नसकेको हो ?

    भूमिका त खेलेको हो । जति खेल्नुपर्ने खेलिएन । पहिला निर्वाचन संघ र प्रदेशको हुन जरुरत थियो । हामी उल्टो बाटोमा हिँड्यौँ । खुट्टाले हिँड्नुपर्नेमा टाउको हिँड्यो । संघले कानुन बनाइदियो भने बल्ल प्रदेश बनाउँथ्यो । त्यसपछि स्थानीय तहले पनि बनाउँथ्यो ।
    स्थानीय तहको भन्दा ६ महिना पछाडि संघ र प्रदेशको निर्वाचन भयो । त्यसपछि झन्डै चार महिना सरकार नै बनेनन् । एक वर्ष त हामीविना कानुन अलमलमा परेर काम गर्‍यौँ । यो पोलिसी मेकहरूको मिस्टेक थियो । हेर्दा सामन्य मिस्टेक देखिए पनि यस्ले दूरगामी असर गर्दछ । र हिले पनि स्थानीय तहको निर्वाचन पहिले गर्नहुन्न भन्ने लाग्दछ मलाई । तर हुन्छ ।

    अबकाे स्थानीय तहको निर्वाचनमा दोहोरिने विचार छ ?

    नेतृत्वमा दोहोरिने मेरो व्यक्तिगत चाहनामा भर पर्दैन । हामी राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने भएकाले दलको दिशानिर्देश पालना गर्नुपर्ने हुन्छ । आगामी दिनमा कसरी अगाडी बढ्ने पार्टीको निर्णयमै भर पर्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.