सप्तरी । आयाेडिनयुक्त नुनकाे प्रयाेग बढाउन साल्ट ट्रेडिङ कपाेरेसनले विद्यालयमा सचेतना फैलाउन थालेकाे छ । सीमा क्षेत्रमा रहेका नागरिक आयाेडिनयुक्त नुनभन्दा पनि भारतबाट पैठारी भएकाे गुणस्तरहीन नुन प्रयाेग गर्ने गरेकाे पाइएपछि कक्षा ८,९ र १० का विद्यार्थीलाई कक्षामै जानकारी दिइन थालिएकाे सालट ट्रडिङ राजविराज शाखाका प्रमुख शत्रुधन प्रसाद साहले जानकारी दिए ।
नुनमा आयाेडिनकाे मात्रा कम भएकाे नुनकाे प्रयाेग नगर्न र आयाेडिनयुक्त नुन प्रयाेग गर्न सचेतना फैलाउने काम भइरहेकाे उनले बताए । ‘एक चम्चा नुन दैनिक खानपिनमा नभई नहुने वस्तु हाे ।
तर, आयाेडिन कम भएको नुनको प्रयाेगले गलगाँड, सुस्त मन्स्थिततिका समस्या हुने भएकाले दुई बालबालिका चिन्ह भएको आयाेडिन युक्त नुनको प्रयाेग बढाउन सबैसँग आग्रह गरेका छाैं,’ उनले भने सप्तरीका दुई विद्यालयमा कार्यक्रम गरिसकिएकाे छ ।








