• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चुनाव अघि स्थानीय तहको वडा विभाजन नहुने

  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम । इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव कार्यान्वयन नहुने भएको छ । स्थानीय तहले गरेको वडा विभाजनको प्रस्तावमा कुनै निर्णय नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले स्थानीय तहको प्रस्ताव कार्यान्वयन नहुने भएका हुन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष पहिलेनै वडा विभाजनको निर्णय भइसक्नुपर्ने थियो । संघीय सरकारले स्थानीय तहले गरेको वडा विभाजन सम्बन्धी प्रस्तावमा टुङ्गो नलगाई चुनाव घोषणा गरेपछि वडा विभाजनसम्बन्धी प्रस्ताव अलपत्र परेका हुन् ।

    इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माङसेबुङ्ग गाउँपालिकाले पालिकाको सभाबाट वडा विभाजन गर्ने प्रस्ताव गरेका थिए । पालिकाको सभाबाट पारित प्रस्ताव प्रदेश सरकार हुँदै संघीय सरकारसम्म पुग्छ । पालिकाको सभाबाट दुई तिहाई मतले पारित प्रस्ताव प्राप्त भएको छ महिना भित्रमा संघीय सरकारले निर्णय गर्नुपर्ने कानुनी प्रावधान छ । तर, पालिकाले प्रस्ताव पठाएको वर्षौसम्म कुनै निर्णय नगरी चुनाव घोषणा भएपछि वडा विभाजनको निर्णय चुनाव अघि नहुने निश्चित छ ।

    चुनावपछि वडा विभाजनको निर्णय भएपनि त्यसको अर्को चुनावबाट मात्रै त्यसको कार्यान्वयन हुने छ । तर, आउँदो स्थानीय तहको निर्वाचन पछि पालिकाहरूमा अर्को सभा गठन हुने छ । वडा विभाजन गर्नुपर्ने भए अर्को सभाले फेरी निर्णय गरेर पठाएपछि संघीय सरकारले निर्णय गर्नुपर्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । ‘सरकारले अहिले वडा विभाजन नगरी चुनाव गर्ने भन्यो’,उनले भने,‘अब वडा विभाजन गर्नुपर्ने भए अब बन्ने चुनावबाट गठन भएको सभाले फेरी निर्णय गरेर पठाउनुपर्ने हुन्छ ।’

    इलाम नगरपालिकाले करिब दुई वर्ष अघिनै प्रक्रिया पुरा गरेर वडा विभाजनको प्रस्ताव एक नम्बर प्रदेश सरकारमा पठाएको थियो । प्रदेश सरकारले पनि वडा विभाजनको लागि संघीय सरकारलाई पठाएको थियो । तर, संघीय सरकारले वडा विभाजन सम्बन्धी निर्णय नगरी चुनाव घोषणा गरेको हो । ठुलो भूगोल र जनसंख्या भएका कारण सेवा प्रवाहमा कठिनाइ देखिएका वडालाई पालिकाहरूले विभाजन गर्ने प्रस्ताव गरेका थिए । इलाम नगरपालिकाले नवौँ नगर सभाबाट वडा नं. ९ लाई विभाजन गर्ने प्रस्ताव पारित गरेको थियो । साबिकको इलाम नगरपालिकाको ३, ४ र ५ नम्बर मिलाएर बनाइएको वडा नम्बर ९ लाई विभाजन गर्ने नगरपालिकाको प्रस्ताव छ । साबिकको वडा नम्बर ३ लाई विभाजन गर्ने, त्यसमा साबिकको ४ नम्बर वडाको क्षेत्रफल मिसाएर एउटा वडा बनाउने र साबिकको ४ नम्बर वडाको भूगोलमा बाँकी रहेको ३ को भाग मिलाएर अर्को वडा कायम गर्ने प्रस्ताव नगर सभाबाट पारित भएको थियो । नगरपालिकाले विभाजनको लागि प्रस्ताव गरेको वडाको जनसंख्या, मतदाता नामावली, वडाको केन्द्र र दुई वडा बिचको प्राकृतिक सीमा समेत यकिन गरिएको थियो ।

    सूर्योदय नगरपालिकाले वडा नम्बर १ गोर्खेलाई विभाजन गर्न प्रस्ताव गरेको थियो । साबिक गोर्खे गाविसको वडा नम्बर ४ को भूगोल निकै ठुलो भएकाले सोही वडालाई विभाजन गरेर अर्को वडा कायम गर्ने नगरपालिकाको सिफारिस थियो । माङसेबुङ्ग गाउँपालिको वडा नम्बर ३ लाई विभाजन गरेर दुई वटा वडा बनाउने प्रस्ताव गरेको थियो ।

     

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.