चितवनः सप्तगण्डकी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीको सक्रियतामा सञ्चालित आमसञ्चार क्लबको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन क्याम्पस परिसरमा आज सम्पन्न भएको छ । साधारण सभाको नेपाल पत्रकार महासंघ चितबनका अध्यक्ष राधेश्याम खतिवडाले उद्घाटन गर्नुभएको थियो । क्लबका अध्यक्ष चन्र्द प्रकास उपध्यायको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा क्याम्पस प्रमुख मणिराज मह्तो, आमसञ्चार तथा पत्रकारिताका प्रध्यापक मधुसुधन दवाडी , सप्तगण्की क्याम्पस संचालक समिति अध्यक्ष टिकाराम थापा , प्रध्यापक भुपेन खड्का , नि वर्तमान क्याम्पस प्रमुख खेमराज सापकोटा , आमसञ्चार तथा पत्रकारिता अध्यरत बिद्यार्थी मोनिका बिश्वकर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम बिबेक प्रोख्रेलले सन्चालन गर्नु भएको थियो ।

यसैबिच आज सम्पन्न दोस्रो अधिवेशनले असल गैरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा गैरे सहित वरिष्ठ उपाध्यक्षमा श्याम विश्वकर्मा, उपाध्यक्षमा मोनिका विश्वकर्मा, सचिवमा विकास ढकाल, कोषाध्यक्षमा आरुषि पाैडेल, सहसचिवमा वर्षा मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा कल्पना लामिछाने, रवि रेग्मी, सोना घिमिरे, सुस्मा गुरुङ, विमल अधिकारी, एन्जिला चौलागाईं, शिव गौतम, सुमित आचर्य, सन्दिप गुरुङ, अस्मिता घिमिरे, प्रतीक्षा मिश्र, प्रशान्त पौड्याल रहेका छन् । साथै सल्लाहकार सदस्यमा शिक्षकका तर्फबाट कलेजका आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक मधुसूदन दवाडी, दिपेन्द्र अधिकारी र विधार्थीको तर्फबाट सुदिप दवाडी, रविना पाैडेल, सुरक्षा न्याैपाने, चन्द्र प्रकाश उपाध्याय, सविना लामिछाने रहेका छन् । क्लबको संरक्षकको भूमिकामा क्याम्पस प्रमुख मणिराज महतो, साहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरे, विष्णु ज्ञवाली र नारायण रेग्मी रहेका छन्।








