• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शोमा तीन विधाका ब्यक्तित्वहरु सम्मानित

  •   शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को भब्य प्रिमियर शो तथा सम्मान कार्यक्रममा तीन विधाका ब्यक्तित्वहरु सम्मानित भएका छ्न् । बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को भब्य प्रिमियर शोको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिहरुलाई उनीहरुको काम र भूमिकालाई उच्च मुल्यांकन गर्दै भरतपुरको चितवन सिनेप्लेक्स सिनेमा हलमा सम्मान गरिएको हो ।

    सम्मानित हुनेहरुमा चिकित्सकतर्फ भरतपुर सामुदायिक अस्पतालका बरिष्ठ फिजिसियन डा. महेन्द्र कुमार अग्रहरी, शिक्षाकर्मीमा ग्रीनल्याण्ड पब्लिक स्कूलका सह-प्राचार्य उपेन्द्र आचार्य र ब्यवसायीबाट दाजुभाई मोटरसाईकल रिकण्डिसन एण्ड वर्कशपका सञ्जालक युवा उद्यमी दिपेश खड्का सम्मानित भएका छन् । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले खादा ओढाएर, प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

    रिलिजको पूर्वसन्ध्यामा चितवन सिनेप्लेक्स सिनेमा हलमा राखिएको प्रिमियर शोलाई दर्शकहरुले पूर्ण रुपमा मनोरन्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए । एक सुपरस्टार र एक उदयीमान गायिकाको प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई अधिकांश दर्शकहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । प्रिमियर शोमा बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    सामाजिक एवं प्रतिष्ठित व्यक्तित्व वरिष्ठ समाजसेवी युवा नेता बिजयराज भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ कार्यक्रमको विशिष्ट अतिथि रहनु भएको थियो ।

    सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ समाजसेवी युवा नेता बिजयराज भुषालले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुको साथै कलाकारिता क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने बताउनु भयो । कलाकारिता क्षेत्रको विकास र प्रर्वद्धनमा लक्की मिडिया हाउसले गरेको भब्य प्रिमियर शो तथा सम्मान कार्यक्रमको उहाँले प्रशंसा गर्नुभयो ।

    सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’,“कोरोनाले नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको छ। भूकम्पले घर भत्काए जस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको छ। नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । पछिल्लो समय कलाकारिता तथा सिने क्षेत्र धराशायी र अस्तव्यस्त भएको भन्दै नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले प्रिमियर शो र सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

    मोफसलमा यस्ता रचनात्मक तथा प्रर्वद्धनात्मक कार्यक्रम गर्न चुनौति रहेको भन्दै कार्कीले आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । समाजमा लुकेका हस्ती तथा हस्तीहरुलाई सम्मान गर्नुपर्ने दायित्व मिडिया हाउसको पनि रहेकोले मिडिया हाउसले त्यस्ता व्यक्तित्वलाई सम्मान गरी हौसला प्रेरणा र उर्जा दिएको उनको भनाई छ । विगतका दिनहरुमा समेत विभिन्न क्षेत्रमा आवद्ध कलाकार, व्यवसायी, चिकित्सकलाई मिडिया हाउसले सम्मान गर्दै आएको छ । यस्ता प्रर्वद्धनात्मक कार्यक्रमले नेपाली चलचित्र उद्योग तथा कलाकारिता क्षेत्रलाई थप टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनु भयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.