• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस कैलालीको नेतृत्वका लागि तीन जनाले गरे प्यानलसहित मनोनयन दर्ता

  •   शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । नेपाली कांग्रेस कैलालीको १४औं महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि तीन जनाले प्यानल सहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

    कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट दुई समूह र शेखर कोइराला पक्षबाट एक गरी तीन समूहले प्यानलसहित उम्मेदवारी दर्ता गएका छन् । संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेको भीम बडुवालले भने उपसभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट निवर्तमान कार्यवहाक सभापति प्रकाश बम, नारायणदत्त भट्टले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । कोइराला पक्षबाट रामबहादुर कलले टीमसहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

    संस्थापन पक्षबाटै सभापतिमा दाबी गर्दै आएका भीम बडुवालले नारायण भट्टको प्यानलबाट उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । सोही समूहबाट उपसभापतिमा रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

    कांग्रेस कैलालीको नेतृत्वका लागि सभापतिमा प्रकाश बम र नारायणदत्त भट्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै उम्मेदवारले आफूलाई ‘बुढानीलकण्ठको आशिर्वाद’ रहेको दाबी गर्दै आएका छन् ।

    नारायणदत्त भट्टलाई कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वड, सुशीला मिश्र भट्ट, राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र, केन्द्रीय सदस्य जीवन राना, ईश्वरी न्यौपाने, प्रदेशसभा सदस्य रणबहादुर रावलको साथ छ।

    यसैगरी अर्का सभापतिका आकांक्षी प्रकाश बमलाई निवर्तमान सभापति नरनारायण शाह मनुले साथ दिएका छन् । बमले पनि देउवाको आश्वासनकै कारण उम्मेदवारी दिएको बताएका छन् । उनको प्यालनबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, सहसचिवमा राजेन्द्र खड्का र कृष्ण पाण्डेयले उम्मेदवारी दिएका छन् ।

    कांग्रेस कैलालीको नेतृत्वका लागि शेखर कोइराला समूहले पनि टिमसहित मनोनयन गरेको छ । सो प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला, लोकराज पाण्डेय (आगो), सचिवमा देवानन्द जैसी (सुवेदी), नवराज जोशी, सहसचिवमा रवीन्द्र प्रताप सिंह, तीर्थराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

    कोइराला पक्ष पहिलो चरणमा चुनाव लड्ने र पहिलो चरणमा कसैको जीत नभए दोस्रो चरणमा अर्को समूहलाई समर्थन गर्ने रणनीतिमा देखिन्छ । दोस्रो चरणमा निर्वाचन हुने देखिएमा प्रकाश बमलाई समर्थन गर्ने नीति लगेको छ । तर, अहिलेसम्म खुलेर प्रकाश बमलाई समर्थन गर्ने जनाएको छैन ।

    ‘हाम्रा मागलाई सम्बोधन गर्दै हातेमालो गर्ने प्रस्ताव आएको खण्डमा हामी राम्रो र पार्टीलाई बुझको प्यानलसँग सहकार्य गर्न तयार छौं,’ कोइराला समूहका प्रचार–प्रसार संयोजक गणेश भण्डारीले भने, ‘त्यस विषयमा छलफल भइरहेको छ ।’ तर, पहिलो चरणमा आफ्नो प्यानलको बढी मत आएको खण्डमा भने चुनाव नै लड्नुपर्ने भन्दै उनले सो अवस्थामा अरूलाई सहयोगका लागि सहकार्य गरिने बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.