• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

धानको समर्थन मूल्य किसानले घर-घरमै पाउँदै

  •   बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । गौरीगञ्ज-१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य पाउन थालेका छन् ।

    उनले घरैबाट धान बिक्री गर्न थालेका छन् । ‘पहिला त लागत पनि उठ्दैन थियो । अहिले सहकारीले घरमै गएर खरिद गर्छ,’ उनले भने, ‘राम्रो मूल्य पाएका छौँ । खेती गर्दा केही हुन्छ भन्ने लाग्न थालेकाे छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत धान सुपरजोन कार्यान्वयन इकाई झापामार्फत झापाका दुई सहकारी सूचीकृत भएर किसानका धान खरिद गरिरहेका छन् ।

    महाभाराको साना किसान कृषि सहकारी संस्था र महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएका छन् । सुपरजोन झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार महारानी झोडाले करिब १५ हजार क्विन्टल र महाभाराले करिब साढे सात हजार क्विन्टल धान खरिद गरेको बताए ।

    ‘उहाँहरूले किसानको धान सरकारले तोकेको मूल्यमा खरिद गर्नुहुन्छ । जसबापत व्यवस्थापन खर्च भनेर सरकारले प्रति क्विन्टल एक सय १२ रुपैयाँ अनुदान दिन्छ,’ उनी भन्छन्, ‘सरकारले तोकेको न्यूनतम समर्थन मूल्य किसानले पाएका छन् ।’ विगतमा चारवटा सहकारी आबद्ध थिए । तर, गत कत्तिकमा बेमौसमी वर्षाले धानबालीमा असर पार्दा बाँकी दुई सहकारी भने सूचीकृत हुन नमानेको उनी बताउँछन् ।

    सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल दुई हजार ७५२ र मध्यम धान दुई हजार ९०२ मा खरिद गरिरहेको महाभारा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक गंगाप्रसाद ढुंगानाले बताए । ‘नजिकैका किसानले हाम्रो स्टोर घरमै ल्याउनुहुन्छ ।

    टाढाका किसानको घरघरमै गएर समर्थन मूल्य दिएर ल्याउँछौँ,’ उनले भने, ‘पैसा भने किसानहरूको खातामा हालिन्छ । किसानहरू खुसी हुनुहुन्छ ।’ मोटा र मध्यम गरेर यो सहकारीले करिब साढे सात हजार क्विन्टल धान किसानबाट खरिद गरेको छ । तर, अहिले बजारमा धानको मूल्य निरन्तर ओरालो लाग्दा समस्या भएको उनी बताउँछन् । ‘धानको मूल्य निरन्तर ओरालो लागिरहेको छ । किसानको पैसा भुक्तानी गर्न बाँकी छ । हामीले धान बेच्न नपाएसम्म कसरी दिने ?,’ व्यवस्थापक ढुंगाना भन्छन्, ‘सरकारले हामीले संकलन गरेको धान खरिद गरिदिए धेरै सजिलो हुने थियो ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.