• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रिमियरमा रुचाइयो ‘लप्पन छप्पन २’, आजदेखि हलमा

  •   शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रवाह कम भएर जनजीवन सामान्य भएसँगै फिल्मी गतिविधि पनि बढ्न थालेका छन् । गतसाता मात्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर गरियो । रिलिज अगाडी गरिएको प्रिमियरले फिल्मी माहोल बनायो । कोरोना भाइरसको महामारी पश्चात त्यहाँ सेलिब्रेटी देखिए ।

    आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ’लप्पन छप्पन २’ ले पनि सिरिजको पूर्व सन्ध्यामा प्रिमियर गरेको थियो ।
    काठमाडांैमा भएको प्रिमियरमा फिल्म हेर्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    फिल्मकै कलाकारसमेत रहेका शिव श्रेष्ठले फिल्म स्तरीय बनेको प्रतिक्रिया दिए । फिल्म हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाली फिल्मनै बक्स अफिसलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । ‘फिल्मले राजनीतिको फरक पाटोलाई देखाएको छ । पावर र पैसाको शक्तिले के सम्म गर्न सकिन्छ भन्ने यसमा देखिन्छ,’ अभिनेता श्रेष्ठले भने ।

    फिल्म हेरेर निस्किएका अर्पण थापाले पनि दर्शकले भरपुर मनोरञ्जन पाउने विश्वास व्यक्त गरे । ‘दर्शकले लामो समयदेखि ग्याङस्टर र राजनीतिक कथावस्तुका फिल्म हेर्न पाउनु भएको थिएन,’ उनले भने, ‘विदेशमा रहेका नेपालीले समेत यसलाई रुचाउनु हुनेछ ।’

    मल्टी स्टारर फिल्ममा शिव र अर्पणसँगै सौगात मल्ल, अनुप विक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनय गरेका छन् । मुस्ताङमा छायांकन भइरहेको फिल्म ‘लाखे’ मा व्यस्त भएका कारण सौगात मल्ल र अनुपविक्रम शाही प्रिमियरमा उपस्थित भएनन् ।

    खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’ लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । नेपाल, बेल्जियम, अष्ट्रेलिया र नेदरल्यान्डमा छायांकन गरिएको मल्टिस्टारर फिल्म ’लप्पन छप्पन २’ मा पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा हिमाल केसीसहित निर्देशक भट्ट र सिमोन तामाङको एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

    सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । यसमा समीर खरेल क्रियटिभ निर्माता रहेका छन् भने, सहनिर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.