काठमाडौं । नेपाल प्रहरीले फेसबुकमा लाइभ मार्फत ज्यान लिएको भिडियो अपलोड तथा सेयर नगर्न आग्रह गरेको छ।पछिल्लो समय यस्ता घटना बढ्दै जाँदा नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार प्रेश विज्ञप्ति प्रकाशित गरी यस्ता किसिमका कार्यगर्ने माथि कारवाही गर्ने जनाएको छ।भिडियो सेयर गर्दा तनाव र मानसिक पिडामा रहेका व्यक्तिहरुलाई त्यस्तो काम गर्नका लागि दुरुत्साहन पुर्याउने हुँदा यस्तो नगर्न महाशाखाले अनुरोध गरेको छ।









