• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको टोलीद्वारा भरत तालको भ्रमण

  •   आइतबार, फागुन २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सर्लाहीको बागमतीमा रहेको निर्माणाधीन भरत तालको अवलोकन भ्रमण गरेका छन् । आइतवार मुख्यमन्त्री पोखरेल मधेश प्रदेशका विभिन्न स्थानको भ्रमणका क्रममा सर्लाहीको बागमतीस्थित भरत तालमा आईपुगेका थिए । १८ सदस्यीय टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री पोखरेलको भ्रमण टोली बागमती आइपुगेको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले जानकारी दिए ।

    मुख्यमन्त्रीको भ्रमण टोलीको भ्रमण नेतृत्व मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको निमन्त्रणामा केही समय पहिला मात्र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गण्डकी प्रदेश भ्रमणमा पुगेका थिए ।

    सोही समयमा मुख्यमन्त्री राउतले मधेश प्रदेश भ्रमणको निम्ता दिए थिए । सोही आतिथ्यता स्वीकार गर्दै आफू मधेश प्रदेश भ्रमणमा आएकोे मुख्यमन्त्री नेपालीले बताए । मुख्यमन्त्री नेपालीको टोलीले भरत तालमा रहेको मिनी क्रुजमा केही समय सयर गरेको थियो ।

    सोही क्रममा मुख्यमन्त्री नेपालीले तालको निर्माणको अवस्था यसको भावी योजना, तालले भविश्यमा यस क्षेत्रको नागरिक र नगरको आर्थिक, सामाजिक, भौतिक विकासमा खेल्ने भूमिकाको विषयमा समेत जानकारी लिए । ताल भ्रमणपछि पत्रकारहरूसगँ कुरा गर्दै मुख्यमन्त्री नेपालीले संघीयतालाई मजबुत बनाउन प्रदेशको पहिचान र हैसियत देखिनु पर्छ भन्ने कुरामा आफु विश्वस्त भएको बताए ।

    यसको लागि अन्तर प्रदेशीय सरकारहरूको सद्भाव यात्रा जरुरी रहेको ठानेर मधेश प्रदेशका सरकार प्रमुखलाई आफ्नो प्रदेश भ्रमण गराएको उनकाे भनाइ थियो । र, सोही अभियानअन्तर्गत आफु मधेश प्रदेश आइपुगेको बताए । तालको भ्रमणका क्रममा आफुले मधेश प्रदेशमा विकासको लागि जनप्रतिनिधि र जनतामा विकासको लागि जुर्मुराहट रहेको महसुस भएको मुख्यमन्त्री नेपालीको भनाइ थियो ।

    यस्तै जनकपुर-पोखरा सिधा हवाई उडानले दुवै प्रदेशको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने उन्को भनाइ छ । जनकपुरधाम ऐतिहासिक पवित्र धार्मिक तिर्थस्थल र पोखरा जस्तो पर्यटकीय स्थललाई हवाई मार्गमा जोड्ने बित्तिकै दुवै स्थानमा आएका पर्यटकले सजिलै पोखरा र जनकपुरधामको भ्रमण गर्न सक्ने उनले विश्वास व्यक्त गरे । ‘मलाई के विश्वास छ भने जनकपुरबाट गएका पर्यटक जोमसोम सम्म पुगेर फर्कने छन्,’ उनले भने ।

    शनिबारबाट सुरु भएको पोखरा–जनकपुर सिधा हवाई उडानमार्फत जनकपुर उत्रिएका मुख्यमन्त्री नेपालीले मधेशका सरकार र जनताको स्वागत अत्यन्त अविश्मरणीय रहेको बताए । ‘मधेश प्रदेशका जनता र सरकारले आफुहरूलाई गरेको स्वागत, गण्डकी प्रदेश सरकार र जनतालाई गरेको स्वागतको रुपमा हामीले सम्झेका छौँ,’ उनले भने, ‘यसबाट म लगायत गण्डकी प्रदेशनै भावनात्मक भएका छौँ ।’

    मुख्यमन्त्री नेपाली मधेश प्रदेशका विभिन्न धार्मिक एवं एतिहासीक स्थलहरुको भ्रमण गर्दै आइतबार सर्लाही आईपुगेका हुने । मुख्यमन्त्रीको टोली रौटहटको नुनथर क्षेत्रको अवलोकन भ्रमणपछि पर्सा राष्ट्रिय निकुञ्जका लागि प्रस्थान गरेको छ ।

     

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.