• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी छात्रलाई वर्ष चर्चित विद्यार्थीको उपाधि

  •   मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई उनी अध्ययनरत विद्यालयले वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको छ । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्याल बन्द हुँदा रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सहभागी भएकामा प्रोत्साहन स्वरुप सो विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी–२०७८ को उपाधि प्रदान गरिएको हो ।

    महामारीको कठिन समयमा रुखमा डेरा बनाएर पढाइमा सहभागी बनेर अन्य बालबालिकालाई सिकाईप्रति मोटिभेट गरेकाले छात्र मगरलाई ‘वर्षोत्कृष्ट पपुलर एण्ड मोटिभेसनल’ विद्यार्थीका रुपमा पुरस्कृत गरिएको सरस्वती माविका प्रधानअध्यापक नबिन चाम्लिङले बताए । गत साउनमा कोभिड महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगर घर वरपर मोबाईल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी भएको प्रअ चाम्लिङले बताए ।

    आइतबार र सोमबार मनाइएको वार्षिकोत्सवको अवसरमा शिक्षक माधव श्रेष्ठलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पुरस्कृत गरिएको छ । नियमित विद्यालयमा उपस्थित हुने, विदामा विरलै बस्ने, उत्कृष्ट कार्यसम्पादन, पेशाप्रति गहिरो एवं जवाफदेहीता लगायतका आधारमा शिक्षक श्रेष्ठलाई उत्कृष्ट वर्ष शिक्षकका रुपमा पुरस्कृत गरिएको हो । यस्तै, २२ वर्षसम्म प्रअको नेतृत्व सम्हालेका निवर्तमान प्रअ डिकबीर राईलाई कुशल प्रशासकको रुपमा सम्मान गरिएको छ । विद्यालयको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याएको भन्दै व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष किशोरकुमार श्रेष्ठ, पुर्वअध्यक्ष कमल श्रेष्ठ र स्वर्गीय रामबाबु श्रेष्ठलाई सम्मान गरिएको प्रअ चाम्लिङले बताए ।

    सरस्वती माविको बार्षिकोत्सवमा सोही विद्यालयका पुर्व प्रअ शर्मानन्द खनालले स्थापना गरेको शर्मानन्द तथा तारा अक्षयकोषबाट शैक्षिक सत्र २०७७ मा उच्च ग्रेड प्राप्त गर्ने कक्षा १ देखि कक्षा १२ सम्मका १२ जना विद्यार्थीलाई जनही एक हजारको दरले छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै, भुपु विद्यार्थी खिलाप्रसाद सुवेदीको प्रयोजनमा ५ जना विपन्न परिवारका बालबालिकालाई जनही एक हजारका विपन्न छात्रवृत्ति प्रदान गरिएको छ ।

    वार्षिकोत्सवको अवसरमा जेहेन्दार तथा अनुशासित विद्यार्थी, भलिबल, वक्तृत्वकला, हिसावदौड, भाले जुधाई, बेलुन फुटाउने लगायतका खेलका विजयी प्रतियोगीलाई पनि पुरस्कार वितरण गरिएको छ । विद्यालयले त्रियुगा नगरपालिका–११ गाईघाट, उदयपुरकी दाता शान्ता राई र खोटाङ सेवा समान कोरिया लगायतलाई सम्मान–पत्र प्रदान गरेको छ । विद्यालयका रातो सदनलाई उत्कृष्ट सदनद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रमले प्रअ चाम्लिङले पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक प्रगती विवरण एवं भावी कार्ययोजना पारित गरिएको छ ।
    विद्यालयलाई भुपु विद्यार्थीको टिभी र साउण्ड सिस्टम 

    वार्षिकोत्सवको अवसरमा भुतपुर्व विद्यार्थीले सरस्वती माबिलाई टिभी र साउण्ड सिस्टम प्रदान गरेको छ । रबिन राई र दिपक राईको नेतृत्वमा १९ जना भुपु विद्यार्थीले विद्यालयलाई ४९ हजार बराबरको एक थान एलइडि टिभी र एक थान साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य केशव श्रेष्ठको सभापतित्व, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको प्रमुख आतिथ्यता एवं उपमेयर बिमला राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । २०१७ सालमा स्थापना भएको सरस्वती माबिमा हाल ३९६ विद्यार्थी अध्ययनरत छन् ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.