जुम्ला । जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएको छ । ११२ ओैँ महिला दिवसका अबसरमा नेपाली सेनाको खेलमैदानमा हस्ताक्षर संकलन गरिएको हो ।
महिलाविरुद्ध हुने सबै किसिमका हिंसा अन्त्यको प्रतिवद्वता सहित झण्डै २ सयले हस्ताक्षर गरेका छन् । अनौपचारिक सेवा केन्द्र ईन्सेक तथा मानव अधिकार रक्षक संजाल जुम्लाको आयोजनामा हस्ताक्षर संकलन गरिएको थियो ।
संजालका अध्यक्ष राजबहादुर महत तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हस्ताक्षर संकलन कार्यक्रमको संयुक्त हस्ताक्षर गरि उद्घाटन गरेका थिए ।









