काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायु सक्रिय छ भने मनसूनी न्युन चापीय रेखा तराई भूभाग नजिक रहेको छ। देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्सहित वर्षाको भईरहेको जनाइएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एक र दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।








