• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हत्या गरेर बहराइन पुगेका अभियुक्तलाई १६ वर्षपछि प्रहरीले नेपाल ल्यायो

  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । आजभन्दा १६ वर्षअघि तत्कालीन लेखनाथमा एउटा हत्या भएको थियो । २०६३ को वैशाख २९ गते सुनसरी घर भई साबिक लेखनाथ नगरपालिका-१३ सातमुहानेमा बस्दै आएका रोजन राई घाइते अवस्थामा भेटिए । उनी खुदीखोलामा गयविन जाली भर्ने कामका लागि लेखनाथ आएका थिए । अनुसन्धान गर्दै जाँदा २० वर्षका राईलाई सोही ठाउँमा अशोक गुरुङले कुटपिट गरेको पत्ता लाग्यो ।

    राईको अवस्था गम्भीर रहेकोले उपचारकै क्रममा जेठ २ गते मृत्यु भयो । लाश जाँच मुचुल्कामा उनको दायाँ हातको कुम र पाखुरामा छाला खुइलिएको र टाउकोको बायाँतर्फ चोटैचोट थियो । उनको मृत्युको कारण टाउकोको चोट भएको पोस्टमार्टम रिपोर्ट आयो ।

    त्यसपछि गुरुङ गाउँ छोडेर भागे । उनी कतार र बहराइनमा वैदेशिक रोजगारीका लागि गएका थिए । उनै गुरुङलाई पक्राउ गर्न कास्की प्रहरीले यही असोजदेखि प्रक्रिया सुरु गर्‍यो । असोज ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लियो ।

    प्रहरीले इन्टरपोल शाखाबाट १२ असोजमा रेड नोटिसको लागि सिफारिस पठायो । खोजी गर्दा गुरुङ बहराइनमा रहेकोले अन्तर्राष्ट्रियता खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी भएको थियो ।

    सबै प्रक्रिया पूरा गरेर इन्टरपोल शाखाबाट खटिएको प्रहरीको टोलीले आरोपीलाई फागुन २४ गते नेपाल ल्यायो । त्यसपछि कास्की प्रहरीले उनलाई जिल्लामै ल्याएर अनुसन्धान अघि बढाएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

    ‘यो कास्कीका लागि पहिलो घटना हो । सम्भवतः नेपालकै लागि पनि करिब पहिलो होला । रेसिप्रोकल सिस्टममा हामीले यसरी अपराधी ल्याउन सकेका थिएनौं,’ उनले भने, ‘हामीलाई बहराइन प्रहरीले राम्रो सहयोग गर्‍यो । अब बहराइनका कोही अपराधी नेपालमा रहेछन् भने हामीले पनि उनीहरूलाई बुझाउने सर्तमा यो काम भएको हो ।’ नेपाल प्रहरीले विदेशमा लुकेका अपराधीलाई सीधै समातेर ल्याउने सन्धि छैन ।

    ‘अहिलेसम्मका घटनामा कुनै अपराधी विदेशमा रहेछ भने त्यहाँको सरकारले देश निकाला गरिदिन्छ । अनि नेपाल प्रहरीले समात्ने हो,’ उनले भने, ‘अहिले चाहिने नेपाल प्रहरी नै गएर उताको सरकारले देश निकाला नगरीकन समातेर ल्याएको हो ।’ योसँगै अर्को एउटा घटनाको आरोपी पनि विदेशमा रहेकोले उक्त ब्यक्तिको खोजी सुरु भएको तिवारीले बताए । कास्की प्रहरीले यसलाई निकै ठूलो उपलब्धिको रूपमा लिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.