काठमाडौं । डिएगोमा अमेरिकी नौसेना जहाजमा विस्फोट र आगलागी हुँदा २१ जना घाइते भएका छन्।
अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित यूएस नेवल बेसमा रहेको जहाजमा विस्फोट र आगलागी भएको हो।
अमेरिकी नौसेनाले भनेको छ, ‘घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।’








