• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रेस चौतारीको महाधिवेशन आजदेखि, सर्वसम्मत नेतृत्व चयनको प्रयास

  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा महाविधेसनको उद्घाटन् गर्ने कार्यक्रम छ । महाधिवेसनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा आइसकेका छन् भने केही आउने क्रम जारी रहेको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए ।

    महाधिवेशनको सबै तयारी पूरा भैसकेको उनले बताए । प्रेस चौतारी नेपालको आयोजना र कास्की जिल्लाको आतिथ्यतामा महाधिवेसन पोखरामा हुन लागेको हो । महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा आउने आवास व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।

    ‘होटल व्यवस्थापन भैसक्यो । ५५ वटा होटलका ५ सय ५० रुम खोजेका छौं,’ उनले भने, ‘अधिकांश प्रतिनिधि आइसक्नु भएको छ । केही आउँदै हुनुहुन्छ । पोखराले न्यानो आतिथ्यता गरेर फर्काउने छ ।’

    यो महाधिवेशनलाई अविस्मरणीय बनाउने गरी तयारीमा जुटेको श्रेष्ठले बताए । यो महाधिवेशनले संशोधित विधान पास गर्नेछ भने नयाँ नेतृत्व चयन गरेर सकिनेछ  । अध्यक्षका लागि ४ जनाको नाम चर्चामा छ । हालका अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने तयारीमा छन् । महाधिवेशनको संयोजक तथा प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, उपाध्यक्षद्वय माधव नेपाल र टिका विष्टको पनि दावी छ ।

    केही समयअघि पोखरामा मानवअधिकार एलाइन्सको महाविधेशनका बेला दावेदार सबैले पोखराको रेकी गरेर फर्किएका छन् । उनीहरुले इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई भेटेर फर्किएका छन् । ‘सबैजना एकैदिन आएर छुटछुट्टै भेटेर गएका हुन्,’ गुरुङ निकट श्रोतले भन्यो, ‘तर उहाँले योग्य र सक्षम ब्यक्ति खोजीरहनुभएको छ । अहिलेसम्म त्यस्तो व्यक्ति पाइएको छैन ।’

    चौतारीमा अध्यक्ष सहित ३ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २ र सचिव १० जना सहित केन्द्रिय समिति १ सय ४९ सदस्यीय रहने प्रश्ताव छ । तर अझै ९९ सदस्यीय बनाउन छलफल चलिरहेको छ । अहिले भने ४ सयको हाराहारीमा केन्द्रीय कमिटी छ ।

    नयाँ विधान बन्दसत्रमा प्रस्तुत हुन्छ । देशभरकै जिल्लाहरु, सात भूगोल तथा उपत्यका, एसोसिएट र प्रतिष्ठानका ३ गरी १० वटा प्रदेशमा सहमतिमै नेतृत्व चयन गरिसकिएको छ । यसअघि माघ तेश्रो साता हुने भनिएको महाधिवेसन कोभिडको ओमिक्रोन भेरियन्टका कारण एक महिनापछि धकेलिएको हो । महाधिवेसनका लागि मूल व्यवस्थापन समितिअन्तर्गत कास्कीमा १९ वटा उपसमिति गठन भएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.