• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गुल्मीको मदानेका ११ सय नागरिकलाई सुरक्षित आवास प्रदान

  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका करिब एक हजार १०० नागरिकले सुरक्षित आवास पाएका छन् । खरका छाना मुक्त गरेर, एकीकृत वस्ती निर्माण, जनता आवास र भुकम्पपछिको पुर्निर्माण गरेर एक हजार ५४ परिवारले सुरक्षित आवास पाएका छन् ।

    पालिका भित्रका सवै घरमा खरका छाना मुक्त गर्ने मदाने गाउँपालिकाका जनप्रतिनिधीले २० असार २०७४ मा पद बहाली हुँदा गरेको पहिलो निर्णय हो । सो अभियानले सार्थकता पाएको छ ।  दुई करोड ८४ लाख ३७ हजार ४२० रुपैयाको लागतमा सात वडाका कुल ७२९ घर खरका छानामुक्त भएका छन् । पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण बिष्टले गाउँपालिकालाई खरका छाना मुक्त घोषणा गरेका छन् ।

    गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्दै बिष्टले पानी र आगोबाट मुक्ति पाएका नागरिकको ओठको मुस्कान र आशिर्वाद नै आफूहरूको सन्तुष्टिको विषय भएकाले आधारभूत आवश्यकता परिपूर्ति गर्न तीनवटै सरकारले ध्यान दिएको बताए ।

    मदाने गाउँपालिका-१ मा १४१ जनाले जस्तापाता प्राप्त गरेका छन् । वडा नम्बर २ मा १८० घर, वडा नम्बर ३ मा १४५ घर, वडा नम्बर ४ मा ३२ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए । त्यस्तै गाउँपालिकाको वडा नम्बर ५ मा १०७ घर, वडा नम्बर ६ मा ५२ घर र वडा नम्बर ७ मा ७० जना गरेर कुल ७२९ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

    लुम्बिनी प्रदेशमा पूर्व सांसद दिनेश पन्थीले कम श्रोत र साधनकाबीच आवास, स्वास्थ्य, शिक्षा, सडक, कृषि उद्यम, पर्यटन र खानेपानीको क्षेत्रमा कामको प्रशंसा गरे । उनले सीमित श्रोत साधन र नागरिकका असीमित आशाका कारण निराशा पनि बढ्नु स्वभाविक भएको बताए । मदाने गाउँपालिकाका प्रमुख दानबहादुर केसीले संघीयताको पहिलो कार्यान्वयन, भौगोलिक जटिलता र पूर्वाधार आशा, जनशक्ति व्यवस्थापन र कानुन निर्माणको चुनौतीका बीच गाउँपालिकालाई खरका छानामुक्त गर्न सकिएकोमा खुशी व्यक्त गरे ।

    उनले स्थानीय तह एक औद्योगिक ग्राम स्थापना कार्यक्रमअन्तर्गत मदाने २ र ४ मा औद्योगिक ग्राम स्थापना, भनभने बडाचौर बृहत सिँचाइ आयोजना निर्माण, कङ्के देउराली पर्यटन पूर्वाधार विकास योजना कार्यान्वयन, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, बाख्रा विकास कार्यक्रम, खानेपानी, सडक, शिक्षा र स्वास्थमा महत्त्वपूर्ण काम गरिएको केसीले बताए ।

    मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काका अनुसार विपन्न परिवारहरुको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने क्रममा गाउँपालिकाभित्र ७२९ घरमा खरका छाना विस्थापन गरिएको छ । भूकम्प र पहिरोका कारण विस्थापित ४७ घर परिवारको लागि एकीकृत वस्ती निर्माण गरिएको छ । त्यस्तै भूकम्प पश्चात पुनर्निर्माण भएका निजी आवासको घरधुरी संख्या १४१ रहेको खड्काले बताइन् । सुरक्षित नागरिक आवासअन्तर्गत निर्माण गरिएका घरधुरी १२८, जनता आवास कार्यक्रमअन्तर्गत सात घर निर्माण गरिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.