काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीका ३ महिला र ७ पुरुष, अछामका १ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै, प्रदेशमा संक्रमितको संख्या १ हजार ५१ पुगेको छ । हालसम्म १ जनाको मृत्यु भएको छ भने ६९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।








