काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार)को मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू-भागबाट केहि दक्षिणतिर सरेको छ। देशभर आँशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जनाइएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।








