• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

संघीयताले फेरिएको गौरीगञ्ज

  •   शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । गौरीगञ्ज गाउँपालिका कुनै बेला विकासको दृष्टिकोणले पछि थियो । सीमावर्ती गौरीगञ्ज वडा नम्बर १ बाहेकका वडा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र हो । तर, विकासको दृष्टिकोणले निकै पछि छ । पुरानो गौरीगञ्ज बजारको विकास हुन संघीयता नै चाहियो । संघीयतापछि भने गौरीगञ्ज बजारले आफ्नो मुहार फेरेको छ ।

    बजार क्षेत्रको धुलाम्मे सडक पक्की भएको छ । फराकिला सडक बनेको छ । विगतमा बजार क्षेत्रमा रहेका फुसको घर हटेर पक्की घर बनेका छन् । राज्यका लागानीमा बजार निर्माण भएको छ । गौरीगञ्ज बजारबाट नाकासम्म जाने विभिन्न सडक पक्की भएका छन् । ‘विगतको तुलनामा गौरीगञ्ज बजार त पूरै फेरिएको छ । संघीयताको प्रभाव गौरीगञ्जलाई परेको छ,’ स्थानीय अशोकराज थापा भन्छन्, ‘पहिला फुसका घर थिए । ठूला पसल थिएनन् ।

    अहिले परिवर्तन भएर ठूला पसल बनेका छन् । फुसको घर भत्काएर ठूला-ठूला पक्की घर बनेका छन् ।’ लामो समयसम्म बन्न नसकेको हुलाकी राजमार्ग पनि बनेको छ । हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र खजुरगाछी क्षेत्रमा चार लेनको सकड बनेको छ । जसका कारण गौरीगञ्जको मुहार उज्जयालो भएको स्थानीय राम मण्डल बताउँछन् । ‘पहिला त बर्खामा यो सडक धान रोप्ने खेत जस्तै हुन्थ्यो । अहिले त चार लेनको पक्की भएको छ,’ उनी भन्छन्, ‘विकासको सबैभन्दा ठूलो कुरा सडक सञ्जाल हो ।

    यो नै बनेपछि त धेरै सहज भएको छ नि !’ गौरीगञ्जमा आदिवासी समुदायाको बसोबास धेरै रहेको गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन् । सडक सञ्जालको विकास र बजार क्षेत्रको विकाससँगै अब जनताको जीवनस्तरको विकासमा पनि अघि बढ्ने उनले बताए । गौरीगञ्जमा स्थानीय सरकार बनेपछि विकासले फड्को मारेको उनी बताउँछन् । ‘हुलाकी राजमार्गअन्तर्गत सडक निर्माण लगभग सम्पन्न गरेर व्यवस्थित गर्ने तर्फ हामी लागेका छौँ । स्मार्ट सिटीअन्तर्गत सघन सहरीको काम पनि अघि बढेको छ ।

    आउँदा दिनमा पनि पाँच करोडको काम अघि बढ्नेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘गौरीगञ्जभित्रका पुराना बाटा सय प्रतिशत नै निर्माण गरेका छौँ । कतिपयमा पक्की गर्‍यो । कतिपय ग्राभेल छन् । आवश्यकताअनुसार पुल, कल्भर्ट पनि निर्माण गरिरहेका छौँ । विद्युत पूर्ण रूपमा जनताले पाएका छन् । हिजोको तुलनमा आज गौरीगञ्जको मुहार फेरिएको छ ।’ स्मार्टसिटीअन्तर्गगत आवश्यक पर्ने सडकसहित नयाँ बस्ती निर्माणको काम हुने अध्यक्ष श्रेष्ठले बताए । तर, गाउँपालिका बासीले नबुझ्दा नयाँ बस्ती निर्माणको काम गर्न नसकिएको उनले बताए ।

    अहिले गौरीगञ्ज-३ र ६ मा सडक निर्माण भएको बताए । यसले सहरको सौन्दर्य बढाएको उनले बताए । स्मार्टसिटी अन्तर्गत आएको बजेटले खजुरगाछीमा कृषि बजार विस्तार गरिएको उनले बताए । कृषि क्षेत्र रहेको गौरीगञ्जका कृषकलाई कृषिमा अनुदान दिइरहेको उनले बताए ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.