चितवन । रेस्टुरेन्ट एण्ड बार एसोसीएसन चितवनको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एसोसीएसनको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी एवम् उधोग बाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ रहेका थिए ।
संस्थाका अध्यक्ष अचुत राज भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संयोजक विश्वास पौड्याल रहेका थिए ।








