• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज: आरआरआर शो सोल्ड हुने सम्भावना

  •   मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

    फिल्मको अग्रिम बुकिङ सोमबार नै खुलेको छ । यति छिटो कुनै फिल्मको बुकिङ नेपालमा खुलेको यो पहिलो हुन क्छ । प्रायः बुधबार बुकिङ खोलिने भए पनि विशेष फिल्मको मंगलबार नै खोल्ने गरिन्छ । हल सञ्चालकहरू दर्शकमाझ प्रतीक्षित रहेको फिल्महरू प्रायः छिट्टै बुकिङ खोलिने बताउँछन् । आरआरआरको टिकट बुकिङमै खरिद गर्नुपर्ने हुन्छ ।

    टिकट नै खरिद गर्नुपर्ने अवस्थामा पनि मल्टिप्लेक्सहरूमा शोहरू शुक्रबार अगाडि नै सोल्ड आउट हुने सम्भावना बढेको छ । पछिल्लो समय साउथ इन्डियन दर्शक बढिरहेको समयमा नेपाली दर्शकलाई साउथ इन्डियन फिल्मको बानी लगाउने निर्देशक राजमौलीकै फिल्म ‘आरआरआर’ रिलिज हुने भएकाले पनि नेपालमा यसको क्रेज बढेको हो । टुडी र थ्रीडी प्रविधिमा रिलिज हुने फिल्मले क्युएफएक्सअन्तर्गत लबिम मलमा आठ शो, सिभिल मलमा चार शो, ठमेलमा रहेको छायाँ सेन्टरमा सात शो, क्युएफएक्स भक्तपुरमा आठ शो थ्रीडीमा पाएको हो ।

    क्युएफएक्सअन्तर्गतकै मोफसलमा रहेको थियटरमा पनि यसले राम्रो शो पाएको छ । क्युएफएक्सको विराटनगरमा पाँच शो, क्युएफएक्स बुटवलमा चार शो, क्युएफएक्स जालमा नारायणघाटमा चार शो, क्युएफएक्स विर्तामोडमा चार शो, क्युएफएक्स दमौली तीन शो पाएको छ । यस्तै टुडी प्रविधिमा क्युएफएक्सकै नेपालगन्जमा रहेको बागेश्वरी फिल्मलाई पाँच शो, क्युएफएक्सकै बुटवलमा रहेको हलमा चार शो, विर्तामोडको वान स्टप सिनेमाजमा पनि यसले चार शो पाएको छ ।

    क्युएफएक्सअन्तर्गतको काठमाडौंमा भक्तपुरमा दुई, छायाँ सेन्टर ठमेलमा दुई र लबिम मलमा एक शो पाएको छ । राजधानीमा रहेको अन्य मल्टिप्लेक्सहरूमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले न्युज तयार पार्दासम्म शो पब्लिस गरेको छैन । दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ६ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा पाँच शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा सात शो, बानेश्वरस्थित आइप्लेक्समा रहेको वान सिनेमाजमा सात शो, आइएनआइ सिनेमाअन्तर्गत लोत्से मलमा आठ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा १० शो छ ।

    फिल्म नेपालमा ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताइएको छ । कम्पनीले जनाएअनुसार फिल्म एक सय २१ बढी पर्दामा शो हुनेछ । कम्पनीका वितरण प्रमुख नवीन शाक्यले शो आजभोलिमा अझै बढ्ने बताए । ‘फिल्मको लम्बाइ तीन घन्टा रहेकाले पनि केही शो घटेका छन् । यद्यपि आउँदो शुक्रबारसम्म शो बढ्ने छ, किनकि सम्पूर्ण हलले फुल शो पब्लिस गरेका छैनन्,’ नवीनले भने । लागत चार सय करोड बढी भएका कारण पनि आरआरआर चर्चामा छ ।

    निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टीआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ । यसमा बलिउडका कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतीक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । बाहुबलीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.