पोखरा । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएको जनाएको हो । नयाँ थपिएका तीन संक्रमितमा वाग्लुङका २ जना र स्याङ्जाका १ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २ सय ३१ पुगेको छ ।









