• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

  •   बुधबार, चैत १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका पत्रकारहरुको आज भरतपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ चितवनको सहकार्यमा कार्यक्रम भएको हो ।

    महासंघको सभाहलमा आयोजित संक्षिप्त उद्घाटन कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले पत्रकार र चिकित्सक दुईटा टाउको र एउटै पेट भएको चराको संज्ञा दिनुभयो । उहाँले भरतपुर अस्पतालले मेडिकल सिटीको नेतृत्व गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिनुभयो । भरतपुर अस्पतालको विकासका लागि पत्रकारहरुले स्वच्छ आलोचना गर्नुपर्ने बताउँदै अस्पताललाई अगाडि बढाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

    केन्द्रीय अस्पताल भनिए पनि एकाडेमिक र विशिष्ठिकृत सेवाका लागि संघीय सरकारबाट पर्याप्त सहयोग नभएको उहाँको गुनासो छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले सरकारले क्षमता नै नहेरि बीमा गराउँदा भरतपुर अस्पतालमा सेवाग्राहीको भिड बढेको बताउनुभयो । उहाँले बीमा कार्यक्रम नै असफल हुने खतरा रहेको बताउँदै अनावश्यक रुपमा होलबडी चेकअप, रिफर र औषधिका लागि मात्रै पनि ठूलो संख्यामा बिमा गरेकाहरु आउने गरेको बताउनुभयो ।

    आवश्यक नै नभएकाहरु आउँदा अस्पतालमा भिड बढेको र लामो समय पालो कुर्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । कार्यक्रममा महासंघका अध्यक्ष नारायण अधिकारीले स्वास्थ्य परीक्षण कार्यक्रमलाई वार्षिक रुपमा नियमित क्यालेन्ण्डरमा राखेर लैजानुपर्ने बताउनुभयो । महासंघका सचिव दीपेन्द्र अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रकाश ज्ञवालीले स्वागत गर्नुभएको थियो । स्वास्थ्य परीक्षण कार्यक्रमका संयोजक विप्लव काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

    कार्यक्रमपछि पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ । गत सोमबार १६६ जना पत्रकारको रगतको नमूना संकलन गरिएको थियो । सोही नमूनाको रिपोर्ट हेरेर चिकित्सकहरुले परीक्षण गर्नुभएको थियो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा. भोजराज अधिकारी, मेडिकल सुपरिटेण्डेण्ट अर्थाेपेडिक सर्जन प्रा.डा.कृष्णप्रसाद पौडेल, मुटुरोग विशेषज्ञ डा.मणि गौतम, फिजिसियन डा.गोविन्द कँडेल, फिजिसियन डा.नवराज लामिछाने, फिजिसियन डा प्रमोद पौडेल, फिजिसियन डा. प्रतिक्षा श्रेष्ठ लगायतका चिकित्सकहरुले पत्रकारहरुको स्वास्थ्य परीक्षण गर्नुभयो । आवश्यक पत्रकारहरुलाई महासंघ मै र्ईसिजि समेत गरिएको छ ।

    थप उपचार गर्नुपर्ने पत्रकारहरुलाई भरतपुर अस्पतालमा समन्वय गरिएको कार्यक्रम संयोजक काफ्लेले बताउनुभयो । सो अवसरमा नेपाल औषधि व्यवसायी संघ चितवन शाखाले औषधि निःशुल्क रुपमा वितरण गरेको थियो । संघका अध्यक्ष ईश्वरकुमार भण्डारीले आफूहरुसँग उपलब्ध औषधिहरु निःशुल्क रुपमा वितरण गरेको बताउनुभयो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.