• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सहयोगी संघसंस्थालाई सम्मान गर्दै नेपाल नेत्रज्योति संघ चितवनको २२ औँ साधारण सभा सम्पन्न

  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनले मात्रै चार वटा आँखा अस्पताल संचालन गरेको नेपाल नेत्रज्योति संघ चितवन शाखाको २२ औँ साधारण सभा आज सम्पन्न भएको छ। भरतपुरमा सम्पन्न साधारण सभामा अस्पतालका कर्मचारी, अस्पताल र संघलाई सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान गरिएको छ । नेपालमा आँखा स्वास्थ्य सेवा प्रदायक संस्था नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल सञ्चालन गरेको छ । जसमध्ये चितवन शाखाले चार वटा अस्पताल सञ्चालन गर्दै आएको हो ।

    साधारण सभामा बोल्दै प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष प्रा।डा। चेतराज पन्तले हाल देशमा रहेका ५६ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुको शुरुवात यसै आँखा अस्पतालबाट भएको बताउँदै युएसएआईडीले सञ्चालन गरेको भिटामिन ए कार्यक्रमबाट महिला स्वास्थ्य स्वयंसेविकाको अवधारणा अघि बढेको जानकारी दिनुभयो । तत्कालिन अवस्थामा समाजमा रहेका अग्रणी महिलालाई परिचालन गरी बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रमबाट महिला स्वयंसेविकाहरुको प्रचलन थालिएको बताउँदै भन्नुभयो “महिला स्वयंसेविका यसै जिल्लाबाट शुरुवात भएको हो ।”

    संघको चितवन शाखाले देशमै उत्कृष्ट अस्पताल संचालन गरेको भन्दै अझै राम्रो गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “संघले भरतपुर आँखा अस्पताल र यसका सञ्जाल मार्फत् उत्कृष्ट सेवा दिंदै आएको छ । सेवालाई अझै स्तरीय र विस्तार गर्दै अघि बढ्नुहोस् ।” कार्यक्रममा बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री घनश्याम दाहालले आफू स्वयंले यसै अस्पतालमा दुवै आँखा शल्यक्रिया गरेको स्मरण गराउँदै यो अस्पताल प्रदेशकै नमूना अस्पतालको रुपमा विकास भएको बताउनुभयो ।

    सो अवसरमा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले अस्पतामा विशिष्टकृत सेवा लिन देशभरबाट मात्रै नभई भारतका विभिन्न ठाउँहरुबाट समेत आउने गरेको र अस्पताल प्रदेश सरकारको गहना भएको बताउनुभयो । कार्यक्रममा नेत्रज्योति संघ बागमती प्रदेश समितिका सभापति ऋषिराम पौडेल, भरतपुर आँखा अस्पताललाई विगत लामो समयदेखि सहयोग गर्दै आएको विदेशी दातृ संस्था सेवा फाउण्डेशनका कन्ट्री डाईरेक्टर रामप्रसाद कँडेल, संघका कोषाध्यक्ष तेजेन्द्रबहादुर खड्का, सहसचिव केशव अधिकारी, लायन्स क्लब  ईन्टरनेशनल ३२५ आरका इलेक्ट गभर्नर सिद्धार्थलाल चुके लगायतले शुभकामना दिनुभएको थियो ।

    संघका अध्यक्ष कृष्णलाल धरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । साधारणसभाको बन्द सत्रमा कोषाध्यक्ष खड्काले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सहसचिव केशव अधिकारीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन पारित भएको छ । संघले संचालन गरेको भरतपुर आँखा अस्पताल अन्तर्गत तीन प्रदेशका ६ जिल्लामा आँखा उपचार सेवा संचालन हुँदै आएको छ । भरतपुर आँखा अस्पताल अन्तर्गत चार वटा अस्पताल र १३ वटा आँखा उपचार केन्द्र रहेका छन् ।

    अस्पतालका प्रशासक दयाशंकर चौधरीले अस्पताल सञ्जालमार्फत् नेपाल र भारतका गरी वार्षिक १ लाख ५० हजार भन्दा बढीलाई सेवा दिंदै आएको छ । सेवा फाउण्डेशन, लायन्स क्लबहरु लगायतका सामाजिक संस्थाहरु, स्थानीय दानवीरहरुको, सरकारी निकायको सहयोगमा अस्पताल संचालन हुँदै आएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.