पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परिक्षणमा तनहूँका ७ र नवलपुरका १८ जनामा संक्रमण देखिएको हो । जसमा तनहूँको म्याग्देमा र भानु नगरपालिकामा २र२ जना छन् । यसैगरि, ब्यासमा ३ जना पुरुष संक्रमित रहेका छन् । नवलपुरमा थपिएका संक्रमितमध्ये गैडाकोटमा १३ पुरुष र ५ महिला रहेका छन् । संक्रमित सबैलाई आईसोेलेशनमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या एक हजार २ सय ५६ पुगेको छ ।








