काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै, मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ। देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, राती देशभर सामान्यदेखी पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।








