गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गाँजा फडानी गरेको छ ।जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र गोरखाको साझेदारीमा नगरपालिका ८ को खत्री गाउँ क्षेत्रमा रहेको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीले आज २ रोपनी क्षेत्रफलमा रहेको गाँजा फडानी गरेको छ । उक्त क्षेत्रमा रहेको करिब ६०० भन्दा बढि बयस्क गाँजाको बोट फडानी गरीएको थियो । फडाँनी गरेको गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।








