• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

वर्ष २०७९ कस्तो रहला ?

  •   बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुरेशचन्द्र रिजाल

    ज्योतिष तथा बास्तुविद्

    ज्योतिषीय आधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्छ । तिथि चन्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैतको पहिलो सातादेखि  वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्छ ।

    ‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’ यस श्लोकको आशयबमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन् भन्ने धार्मिक मान्यता पनि रहँदै आएको छ ।

    हामीले मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ, आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चिरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको मानिन्छ ।

    ज्योतिषीय आधारमा आगामी नयाँ वर्ष २०७९ मा निम्न विशेषताहरू समावेश भएको देखिन्छ । यस वर्ष राक्षस नामको संवत्सर सकिएर नलूनामको संवत्सर प्रारम्भ भएको छ । नयाँ संवत्सरको फल विचार गर्दा वर्षको सुरुदेखि नै चुनावी माहोल बनिरहेकाले  सत्ताधारी प्रशासकहरूमा नकारात्मकता देखिए पनि समग्रमा यो वर्ष आमजनताका लागि सकारात्मक नै रहने देखिन्छ ।

    वैशाख ९ गते सम्म चुनावी तालमेलमा अशुभ योग परेकाले चुनाब सार्ने शक्तिको सकृयता बनिरहने छ । यस वर्ष शनि राजा र देवगुरु बृहस्पति मन्त्रीको भूमिकामा वर्षभरि शुभ वृद्धि भावमा रहनेहुदा बिशेषतस् शनि तथा बृहस्पतिको सकारात्मक तालमेल हुदा कृषि तथा पर्यटनबाट पूर्णरूपमा सहयोग बनिरहने छ ।

    नयाँ संवत्सर प्रारम्भ हुने दिन वर्षको राजा हुने र वैशाख सङ्क्रान्तिको दिन मन्त्री हुने व्यवस्था छ । यसवर्ष  संवत्सर प्रारम्भ हुने दिन चैत १९ गते  शनिबार परेकाले शनिग्रह वर्षभरिका लागि राजा र वैशाख १ गते बिहीबार परेकाले मन्त्रीको पद देवगुरु बृहस्पति ग्रहलाई प्राप्त भएको हो  ।

    त्यसैले यस वर्ष राजा शनि तथा मन्त्री बृहस्पतिको सकारात्मक तालमेल हुँदा  माङ्गलिक कार्यहरूमा बढोत्तरी हुनेछ । बाह्य पर्यटनको उल्लेख्य रुपमा उपस्थिति र कृषिमा आधुनिकीकरण हुनेयोग परेकाले आर्थिक रुपमापनि सुधार हुने हुँदा आमजनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ ।

    शनि तथा बृहस्पति ग्रहको प्रभावका कारण आममानिस पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन् । मंगल शुभ भावमा रहनाले शान्ति सुरक्षाको स्थितिमा सुधार आउनेछ, आमजनताले शान्तिको सास फेर्न पाउने छन् ।

    यद्यपि पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानीनोक्सानी हुनेछ, आयातित सामग्रीको मुल्य  बढ्नेछ, बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण फलफूल र बालीनालीमा देशको दक्षिणी भेगमा  नोक्सानी हुने सम्भावना छ ।

    पछिल्लो समयमा देखा परेरको आर्थिक संकट राजा शनिका कारण विस्तारै सुधार हुँदै जाने छ । बाह्य देशको सहयोग पूर्णरूपमा प्राप्तिको योग वर्षभरी नै बनिरहनेछ  । अन्तरास्ट्रिय स्तरमा नेपालको उड्डयन क्षेत्रमा लगाईदै आएको कालोसूची यसै वर्षबाट हटाउन सक्नेछन् । लामो समयदेखि घाटामा रहेको शेयरबजार वैशाखको दोस्रो हप्ताबाट विस्तारै सुधार हुँदै जाने छ । छिमेकी देशसँगको सम्बन्ध वर्षभरि नै सकारात्मक रहिरहने छ । कला तथा साहित्यका क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै जानेछ । समग्रमा २०७९ साल सकारात्मक नै रहने छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.