• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

  •   मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम ।  जनकपुर उपमहानगरपालिका-१६ बस्ने रुकशना आजमीको दैनिकी हिजाेआज फेरिएको छ । प्राय: बिहान ६ बजे उठ्ने उनी रमाजान महिना सुरु भएदेखि २ बजे नै  उठ्ने गरेकी छन् ।

    २७ वर्षीया अजामी  एक दिन पनि नबिराई रोजा गर्छिन् । २ बजे बिहानै उठ्ने आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नुपूर्व बिहान खाने खना) तयार गर्छिन् । सेहरी खाई बिहानीको झिलिमिलीसँगै रोजा सुरु गर्छिन् ।

    जनकपुरधाम-५ बस्ने ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक बालिग महिला तथा पुरुषमाथि रोजा (व्रत) अनिवार्य गरिएको छ । रोजा बस्न औधि मनपराउने रहेनाका श्रीमान् जाकिर खानले भने बिरामी भएकाले यस वर्ष एउटा पनि रोजा गर्ने सकेनन् ।

    ‘उहाँलाई सधै औषधि खानुपर्छ, डाक्टरले एकदिन पनि औषधि नछाड्न भनेका छन्,’ रेहनाले भनिन्, ‘जिउ नै सन्चो नभएपछि रोजा बस्ने कुरै भएन ।’ विरामी अवस्थामा रोजा गर्नु अनिवार्य छैन । बिहान २ बजे नै उठ्ने रेहना आफ्ना घरमा बस्ने भाडादारसहित छरछिमेकीलाई सेहरी खाना जगाउने गर्छिन् । छिमेकमै सबैभन्दा पहिले रेहना उठ्ने गरेकी छन् । त्यसैले सबैले उनलाई ‘नमाजीवुआ’भनेर बाेलाउँछन् ।

    बुहारी समिमाले खाना पकाइरहेका बेला रेहना तस्वीह (धार्मिक माला) जप्दै मन्त्रहरु पढ्छिन् । बिहानै सेहरी खाएर रोजा सुरु गर्ने गरेकाे उनले सुनाइन् । रोजा सुरु हुनुअघि खाइने खानेकुरालाई सेहरी भन्निछ । सेहरी खाइसकेपछि नजिकका मस्जिदबाट अजान सुनेपछि वजु (शरीरको सफासुग्घर)गरी फ्रजको नमाज (बिहानको प्रार्थना) पढ्दासम्म उज्जयालो भइसकेको हुन्छ । बिहान हुँदा उनी कुरआन (इस्लामको धार्मिक ग्रन्थ) पाठ गर्छिन् ।

    दैनिक पाँचपटक नमाज पढ्ने रेहनाले भनिन्, ‘दिनभरि पानी पनि नखाई घरमै पाठ गरेको देखेर गैरमुस्लिम छिमेकीहरू आश्र्चर्य मान्छन् । रोजाका वेला सूर्यास्त नभएसम्म केही खानेकुरा खानु हुँदैन ।’

    सूर्यास्त भएपछि रोजा अन्त्य गरिन्छ । इस्लामिक धर्मगुरुका अनुसार सामूहिक रूपमा रोजा खोल्दा धार्मिक हिसावले राम्रो मानिन्छ । रमजान महिनामा इस्लामिक क्यालेन्डरकोे नवाै‌ महिना हो । मुस्लिम समुदायमा ‘रमजान’ का लागि विशेष महत्व राख्छ । अन्य महिनाभन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुणा बढी सवाव (पुण्य) प्राप्ति हुने जनविश्वास छ ।

    रमजानकै २७ तारिखका दिन इस्लाम धर्मावलम्वीहरूको सबैभन्दा ठूलो धर्मग्रन्थ पवित्र  कुरआन सरिफ नाजिल (अवितरित) भएकाले मौलना इजराइल रिजवीले बताए । उनले भने, ‘संसारको आवश्यताअनुसार अल्लाहले एक-एक पराको रूपमा ज्ञान पठाइरहँदा २३ वर्षपछि मात्र पवित्र कुरआनले पूर्णता पाएको थियो । यो  महिनाभरि नै जनत (स्वर्ग) का सातवटै ढोका खुल्ला रहन्छ भने जहनम (नक्र) का सबै ढोका बन्द रहन्छ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.