• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मनोनय दर्ताको पहिलो दिन सुनसान, दलहरुलाई उम्मेद्वार टुंग्याउनै सकस

  •   आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबारदेखि मनोनयन दर्ता सुरु भएको छ ।  निर्वाचनका लागि उम्मेदवारी प्रकृया सुरु भएको पहिलो दिन उम्मेद्वारको मनोनय दर्ता उत्साहजनक भएन् । जिल्लाका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय दिनभर सुनसान भएका छन् ।

    नौ स्थानीय तहमा ज्यादै न्यून उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । जिल्लाको घिरिङ गाउँपालिकामा त एक जनाको पनि मनोनयन दर्ता हुन सकेन् ।

    ठुूला दलले उम्मेद्वारको टुंगो लगाउन नसक्दा मनोनयन दर्ताको पहिलो दिनमा रौनक छाउन सकेन् । नेकपा एमालेसँगै सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीले उम्मेद्वारको टुंगो लगाउनै सकेका छैनन् । सत्ता गठबन्धन दलमा त अझ भागबण्डा सहमति समेत हुन सकिरहेको छैन् । ठूला अधिकांश दलले सोमबार मनोनयन दर्ता गराउने बताए ।

    व्यास नगरपालिकामा २२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । व्यासको मेयरमा तीन जनाले उम्मेद्वारी दर्ता गराए । विवेकशील साझाबाट रमेशप्रसाद आचार्य, मंगोल नेशनल अर्गनाइजेसनबाट अनिता थापा मगर र स्वतन्त्रबाट पार्वती कार्कीको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले बताए ।

    उपप्रमुखमा मंगोल नेशनलकी श्रीमाया थापा र विवेकशील साझाबाट हसिना बानुले पनि दर्ता गराएका छन् ।वडाध्यक्षमा विवेकशिल साझा, मंगोल नेशनल अर्गनाइजेशसन, राप्रपा, जनता समाजवादी पार्टी र स्वतन्त्र गरेर  आठ जनाको मनोनयन दर्ता भएको छ ।  वडा सदस्यमा नौ जनाको उम्मेद्वारी पर्‍यो ।

    भानु नगरपालिकामा एक उपप्रमुख सहित १५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत मिनबहादुर कुंवरले जानकारी दिए । बन्दीपुर गाउँपालिकामा अध्यक्षमा स्वतन्त्रबाट केशव अधिकारीको मात्र उम्मेदवारी परेको छ ।

    आँबुखैरेनी गाउँपालिकामा अध्यक्षमा विवेकशील साझाबाट उत्सव अधिकारी र राप्रपाबाट इमबहादुर केसीको उम्मेदवारी परेको छ । वडाध्यक्षमा पनि एक जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ ।

    म्याग्दे गाउँपालिकामा दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । दुई फरक पार्टीले अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वारी दिएको निर्वाचन अधिकृत नवराज आचार्यले बताए । उनका अनुसार अध्यक्षमा मौलिक जरो किलो पार्टीबाट टोलराज वाग्ले र उपाध्यक्षमा राष्ट्रिय जनमुक्ती पार्टीका केशरबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

    भिमाद नगरपालिकामा आईतबार राप्रापाका उम्मेद्वारले मात्रै मनोनय दर्ता गराएको छन् । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार मेयर उपमेयर सहित सात जनाले मनोनयन दर्ता गराए । मेयर,  उपमेयर, चार जना वडाध्यक्ष र एक वडासदस्यको मनोनयन दर्ता भएको हो ।

    ऋषिङ गाउँपालिकामा १२ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा एक, उपाध्यक्षमा एक जनाको उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्षमा तीन जना र वडा सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ ।

    देवघाट गाउँपालिकामा राप्रपाका चार जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । अध्यक्षमा कृष्णप्रसाद आचार्य, उपाध्यक्षमा गंगामाया गुरुङले मनोनयन दर्ता गराए । देवघाट–५ को वडाध्यक्षमा राप्रपाका कृष्णप्रसाद पोखरेल र  वडा सदस्य चन्द्रबहादुर शाहीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत थमनसिं थापाले बताए । सोमबार भिडभाड हुने भएपछि दलहरुलाई आलोपालो प्रणाली अनुसार समय दिएको उनको भनाई छ । ‘विहान १० देखी १२ बजेसम्म जो आए पनि पाउनु हुन्छ । त्यसपछि समय छुट्याएका छौँ’, उनले भने ।

    जिल्लाको घिरिङ गाउँपालिकामा आइतबार मनोनय दर्ता नै हुन सकेन् । दिनभर कुनै पनि दलका र स्वतन्त्र उम्मेद्वार मनोनयन दर्ता गर्न नआएको निर्वाचन अधिकृत किर्तनराज पौडेलले बताए । दिनभर सुनसान रहेको उनको भनाई छ । ‘दिनभर मनोनयन दर्ता गर्न आउनेलाई कुरेर बस्यौँ । कोही आउनु भएन् । सुनसान रह्यो’, उनले भने ।

    मनोनय दर्ताको पहिलो दिन आइतबार शुक्लागण्डकीमा ६ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । स्थानीय तह निर्वाचनका लागि दुई मेयर सहित ६ जनाले मनोनय दर्ता गराएको सहायक निर्वाचन अधिकृत लक्ष्मण लम्सालले बताए । मेयरमा मंगोल नेशनल अर्गनाइजेसनका नमबहादुर थापा र उन्नत लोकतन्त्र पार्टीका  जगदीश काफ्लेले मनोनय दर्ता गराएका हुन् ।  वडाध्यक्षमा तीन र वडा सदस्यमा एक जनाले मनोनयन दर्ता गराएका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.