चितवन । चितवनमा हुने सवारी दुर्घटना न्युनिकरणका लागि अन्तरक्रिया गरिएकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीको संयोजकत्वमा सराेकारवालाहरुसंग साे कार्यक्रम गरिएकाे हाे । पूर्व पश्चिम राजमार्ग र काठमाडौं प्रवेशकाे महत्त्वपूर्ण मार्ग समेत चितवनमा पर्ने भएकाले अत्याधिक सवारी दुर्घटना हुने जिल्लामा चितवन गनिन्छ ।
आफूले जिम्मेवारी सम्हालेलगत्तै प्रहरी निरिक्षक अधिकारीले छलफल चलाउनुभएकाे हाे । छलफलमा जिल्लाभर र भरतपुर महानगरको ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनिकरण तथा सवारी चालक, सह-चालकहरुलाई प्रशिक्षण अभियान संचालन गर्ने कुरामा जाेड दिईएकाे छ।
चितवन जिल्ला भएर चल्ने लामो तथा छोटो दुरीका यात्रुवाहक बस,मिनिबस,माईक्रो, म्याजिक तथा अटो यातायात कम्पनी प्रा.लि.का अध्यक्ष तथा पदाधिकारीहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकाे हाे । अव आएका सुझावलाई समेत मध्यनजर गरेर प्रभावकारी कदम चाल्ने बताइएकाे छ ।








