• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • २. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ३. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ४. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

  • ८. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

  • ९. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • १०. चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

चितवनमा ठूला दलका उमेदवारले आज मनोनयन दर्ता गर्ने

  •   सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आज अन्तिम दिन हो । एकै दिनमा मनोनयन दर्ता गर्दा निर्वाचन अधिकृतको कार्यालयमा धेरै चाप पर्ने भएकाले निर्वाचन आयोगले मनोनयन दर्ता गर्ने समय दुई दिन दिएको थियाे । तर, ठूला दलका उमेदवारले भने आज अन्तिम दिन मनोनयन दर्ता गर्ने भएका छन् ।

    आज नेकपा (एमाले)का उमेदवारले मनोनयन दर्ता गर्दैछन् । दिउँसो १ बजेअघि नै सक्नेगरी मनोनयन दर्ताको तयारी गर्न एमालेलाई आग्रह गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । दिउँसो १ बजेदेखि गठबन्धन दलका उमेदवारले संयुक्त रुपमा मनोनयन गर्ने भएकाले त्यसअघि नै सक्न एमालेलाई भनिएको हो ।

    भरतपुर महानगरमा एमाले र राप्रपाले तालमेल गर्ने सहमति भएको छ । मेयरमा एमालेबाट विजय सुवेदीले उमेदवारी दिने र उपमेयरमा राप्रपाबाट उमेदवारी दिने सहमति भएको हो । राप्रपाले भने अझैसम्म पनि उपमेयरको उमेदवारको टुंगो लगाइसकेको छैन ।

    एमालेले माडीको उपप्रमुख छाडेर सबै पालिकामा प्रमुख र उपप्रमुखको उमेदवार टुंग्याइसकेको छ ।

    माडीमा एमालेसँग तालमेल गर्ने भनिएपनि अझै सहमति नभएको राप्रपा नेत्री रिना गुरुङले बताइन् । माडीमा प्रमुख र उपप्रमुखसहित सबै पदमा राप्रपाले उमेदवार उठाउने तयारी गरेको उनले बताइन् ।

    गठबन्धन दलका उमेदवारले मनोनयन दर्ता गर्न चौविसकोठीदेखि बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुग्ने कार्यक्रम बनाएका छन् । गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसले मनोनयन दर्ता गर्ने छ । कांग्रेसले पनि उपमेयरका उमेदवारको टुंगो अझै लगाएको छैन । कांग्रेसको असन्तुष्ट पक्षबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा मनोनयन दर्ता गर्दै छन् ।

    गठबन्धनले अन्य पालिकामा भागबण्डा मिलाएपनि उमेदवारको टुंगो लगाउन सकेको छैन । सम्भवत दिउँसो ११ बजेसम्म सबै टुंगो लाग्ने माओवादी केन्द्र चितवनका समन्वय संयोजक आरसी अधिकारीले बताए ।

    हिजो भरतपुर महानगरमा साना दल र स्वतन्त्रतर्फका ११ जनाले मेयरमा, तीन जनाले उपमेयरमा र १५ जनाले वडाध्यक्षमा मनोनयन दर्ता गरे ।कुलप्रसाद काफ्ले/न्युज कारखाना

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • २.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ४.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद,

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.