चितवन । भरतपुर महानगरको मेयरका लागि विवेकशील साझाका उम्मेदवार २८ बर्षे ई. प्रबिन काफ्लेले आज उम्मेद्वारी दर्ता गर्ने भएका छन्। दर्ताका लागि उनले ई – रिक्साको प्रयोग गरिने बताएका छन्। उनि भन्छन: भुइँमान्छेको आवाज बोकेर चुनावी मैदानमा होमिदै छु, त्यसैले बिना तडक भडक निर्वाचन अभियानमा लाग्ने छु। उनि थप्छन, जनताको जीवनस्तर नै हाम्रो चुनावी प्रचारप्रसार शैली र खर्चको मापदण्ड हो। त्यसैले निर्वाचन आयोगको आचार संहितालाई पूर्ण रुपमा पालना गर्दै उदाहरण पेश गर्ने बताएका छन्। संसारमा हामी धेरै पछि परिसक्यौ भन्दै ,अब नागरिकका आवस्यकताभन्दा पर गएर राजनीति गर्ने छुट कसैलाई पनि नभएको बताउछन। उनले अबको युवा नेतृत्वले भ्रस्टाचार शुन्य, शुसासन, पारदर्शिता, जवाफदेहिताको पूर्ण पालना गर्ने वाचा व्यक्त गरेका छन्। भरतपुरलाई आगामी २ बर्षमा पूर्ण रुपमा डिजीटल तथा प्रविधिमैत्री सहर बनाउने भन्दै आयात घटाउन विद्युतीय सामग्री ,सवारी साधनको प्रयोग गर्नमा महानगरले जोड दिने बताएका छन्। चितवन विद्युतीय सवारी साधन तथा विद्युतीय उपभोग्य बस्तुको उत्पादनको केन्द्र बन्न सक्ने प्रशस्त आधारहरु राख्दै महानगरले गुरुयोजना बनाइ सार्वजनिक – निजि साझेधारीको अवधारणामा अगाडी बढ्नेमा प्रस्ट भएको बताउछन्। साथसाथै आँफु निर्वाचित भए ई-रिक्सा चालकहरुको समस्यालाई छिटै समाधान गरि गरिखाने वातारण मिलाउने वाचा व्यक्त गरेका छन्।








