चितवन । क्यान्सर पिडित ममता गुरुङलाई तमु समाज बेल्जियमबाट २ लाख ८५ हजार रुपैया सहयोग प्राप्त भएको छ । लमजुङ बोसीशहर नगरपालिका नाल्माकी गुरुङलाई उपचारका लागि बेल्जियमबाट आएको सो रकम आज एक कार्यक्रमका विच ह्युल छोँज धीँ चितवनका अध्यक्ष गणेश बहादुर गुरुङले उनको परिवारलाई प्रदान गर्नुभयो । गुरुङ बेल्जियमका पूर्व उपाध्यक्ष पनि हुन् ।
३४ वर्षीया ममता गुरुङको शरीरका विभिन्न भागमा गिर्खा देखिने क्रम बढेपछि विगत दुई वर्षदेखि उनी उपचाररत छिन् । सुरुमा काठमाडौँका विभिन्न अस्पतालमा जाँच गराएकी उनलाई क्यान्सर भएको पत्ता लागेपछि भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पठाईएको थियो । क्यान्सरको उपचार गरिरहेकी ममताको अहिले दुवै किट्नीमा समस्या समेत देखिएको छ ।
उहाँको उपचारमा मात्रै हालसम्म २५ लाख भन्दा माथि खर्च भएको ममलाकी आमा आईतीमाया घलेले बताउनु भयो । ममता आईतीमायाको एकमात्र सन्तान हुन । अबको एक महिना भित्र १५ लाख रुपैयाँ खर्च जुटाउन सके ममताको उपचार सम्भव भएको क्यान्सरका चिकित्सकले आश्वासन दिएका छन् । आर्थिक स्थिति कमजोर भएकी ममता अहिले आफ्नो जीवनलाई बचाउन हरगुहार गरिरहेकी छिन् ।








