• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अन्तर्वार्ता : गठबन्धनले हामीलाई केही फरक पर्दैन

  •   बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकाका लागि एमालेबाट बाबुराम भट्टराईले मेयरमा उम्मेदवार दिएका छन् । यहाँ एमालेले राष्ट्रिय जनमुक्तिलाई ११ वटा वडा सदस्य दिएर तालमेल गरेको छ । उनै मेयरका आकांक्षी भट्टराईसँग न्युज कारखानाका लुम्बिनी प्रदेश  संयोजक लक्ष्मण पौडेलले निर्वाचन केन्द्रित भएर गरेकाे कुराकानी :

    चुनावी अभियान कस्ताे भइरहेकाे छ ?
    हामीले मंगलबारदेखि औपचारिक रुपमा चुनावी अभियान सुरु गरेका छौँ । कार्यकर्ताहरूमा जुन खालको उत्साह, उमंग र सक्रियता छ त्यसले निकै उत्साहित बनाएकाे छ । समय कम भएकाले सबै मतदाताको घरमै जान नसकिने भयो । वडाका उम्मेदवारहरू सबैकाे घरदैलोमा पुग्नु हुनेछ । हामी (मेयर र उपमेयर) चाहीँ बुटवलमा रहेका २९९ वटा टोलमा पुग्ने योजना छ ।

    तपाईले जित्ने आधार के हाे ?
    चुनाव मैले भन्दा पनि एमालेले जित्ने हो । एमालेले गरेकाे कामले मैले जित्ने हाे । एमाले पार्टीको प्रतिनिधिको रुपमा म उपमहानगरपालिकामा जाँदै छु । यस्तै यहाँ हाम्रो बलियो संगठन पनि छ । अर्कोतर्फ बुटवलका मतदाता निकै सचेत छन् । उनीहरूले योग्यता, क्षमता र दक्षताका आधारमा पक्कै पनि व्यक्तिको मूल्यांकन गर्नेछन् ।

    बुटवलको विकासका लागि तपाईका योजना के के छन् ?
    संविधानले संघ, प्रदेश र स्थानीय तहलाई  छुट्टाछुट्टै अधिकार दिएको छ । स्थानीय तहलाई दिएको शिक्षा, आधारभूत स्वास्थ्य, पर्यटन, कृषिलगायत गतिविधिका कुरालाई हामीले प्राथमिकता दिने छौँ । भौतिक पूर्वाधारदेखि लिएर बुटवलमा धेरै काम अगाडि बढेका छन् । ती अपुरा कामलाई हामीले सम्पन्न गर्नुपर्ने छ ।

    अर्को महत्वपूर्ण कुरा भनेको  बुटवलको सुकुम्बासी समस्या पनि समाधान गर्नुपर्ने छ । उनीहरूले लालपुर्जा पाउने सुनिश्चित भैसकेको अवस्थामा सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकाले लालपुर्जा पाउन सकेनन् । बुटवल उपमहानगरपालिकाले सुकुम्बासीको पहिचान गरेर निस्सा दिने काम गरेको  छ । त्यो निस्साको आधारमा हामीले उनीहरूलाई लालपुर्जा दिने छौं ।

    ज्योतिनगरको चुरेको पहिरोको व्यवस्थान गर्ने योजना बनाएकाे छु । यसका लागि ठूलो बजेट खर्चिनु पर्ने भएकोले केन्द्रीय सरकारसँग समन्वय गर्ने छौँ । शिक्षाको नीतिगत सुधारका कामलाई निरन्तरता दिँदै सामुदायिक विद्यालय सुधार अभियानलाई प्राथमिकता राख्ने छौं ।

    यसैगरी, सडक बालबालिका र सडक मानव बुटवलमा हुने छैनन् । खानेपानीको समस्या समाधान गर्नेछौँ । स्वास्थ्यको क्षेत्रमा पनि हरेक वडामा अधारभूत स्वास्थ्य सेवा पुगेको छ । हामी त्यसलाई सुधार गर्नेछौं । ठाउँठाउँमा स्वास्थ्य सेवा पुर्याउने हाम्रो योजना छ ।

    बुटवलको मुख्य सडक वर्षाैदेखि धुलाम्मे छ, संघीय सरकारको क्षेत्राधिकारमा पर्ने यो सडक निर्माणमा तपाईको योजना छ कि छैन ?
    यो सडक संघीय सरकारको क्षेत्राधिकारमा पर्ने भएकाले उसैले बनाउनु पर्थ्याे । तर, लामो समयदेखि अलपत्र छोड्दा प्रदुषणका कारण नागरिकको स्वास्थ्य बिग्रिएको छ भने यात्रुले सास्ती  भोगिरहेका छन् । ठेकेदारको म्याद आगामी असार मसान्तसम्म छ भन्ने सुनेको छु । संघीय सरकारसँग कुरा गरेर सडक निर्माणका लागि अघि बढ्ने मेरो प्रयत्न हुनेछ । संघ सरकारले बनाएन भने बुटवल उपमहानगरकै बजेटबाट भए पनि सडक बनाउने दिशातर्फ मेरो भूमिका हुनेछ ।

    सत्ता गठबन्धन एमालेका लागि कत्तिको चुनौतीपूर्ण छ ?
    यो गठबन्धनले हामीलाई केही फरक पर्दैन । यसअघि पनि कांग्रेस, माओवादी र जनमुक्ति पार्टीको गठबन्धन थियो । गठबन्धन हुँदा पनि एमाले एक्लैले ०७४ सालको चुनाव जितेको थियो । पछि नेकपा भइसकेपछि माओवादीबाट एकीकरणमा आएका साथीहरू एमाले भसकेपछि यतै बस्नुभएको छ । जो फर्किएर जानु भो, उहाँहरू फेरि फर्किएर आइसक्नुभएको छ । माओवादीको ८० प्रतिशत हिस्सा एमालेमा छ । नेकपा एसको नीति आफूले जित्नेभन्दा पनि एमालेलाई हराउने छ । एमालेलाई हराएर एकीकरण गर्ने नेकपा एसको नीति छ । अर्कोतर्फ यसपटक हामीलाई राष्ट्रिय जनमुक्तिको पनि साथ छ । त्यस्तै, बुटवल एमालेको बलियो संगठन भएको क्षेत्र हो, त्यसकारण एमालेले हार्ने भन्ने सोंचेकै छैन ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.