चितबन– कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीको रुपमा फैलिएपछि यसको प्रकोपबाट जोगिन संसारभर विभिन्न सावधानीहरु अपनाइएका छन्। नेपालमा पनि कोरोनाको संक्रमण फैलन नदिन सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन सर्वसाधारणलाई अपिल गरेको छ।

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)लगायतका परीक्षाहरु स्थगित गर्नुका साथै सबै शैक्षिक संस्थामा पठनपाठन बन्द गराएको छ। यस्तै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नहुने सरकारको निर्णय छ।

सरकारले कोरोना भाइरसबाट बच्न सार्वजनिक स्थलमा धेरै भिडभाड नगर्न निर्देशन दिए पनि चितबनको नारायणी नदिको क्षेत्रमा भने त्यसकाे धेरै असर देखिएकाे छैन। नारायणी नदि बढे सगै नारायणी हेर्न र फोटो खिच्न आउने मानिसको चहलपहलसमेत देखिएको छ।









