चितवन । दुई महिनाको अवधिमा चितवन ट्राफिक प्रहरी कार्यालयले विभिन्न कसुरमा १ हजार ९३ वटा म्याजिक चालकहरुलाई कारबाही गरेको छ । ट्राफिक नियम पालना नगरेको भन्दै कार्यालयले उनीहरुलाई कारवाही गरेको हो ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार माघ र फागुन मसान्तसम्ममा गोप्य क्यामराको सहयोगबाट भरतपुर महानगरपालिकाका ३ सय जना, रत्ननगर , टाँडी, खैरही नगरपालिकाका ३८ जना, जथाभावी म्याजिक रोकेर यात्रु झार्ने तथा उठाउने ५ सय ४० जना, कागजपत्र नराखी सवारी चलाउने ९७ जना, लापरवाही तरिकाले साधन चलाउने ३५ जना, मापसे गरि सवारी हाक्ने ३ जना म्याजिक चालकलाई कारवाही गरिएको हो ।
कारबाहीमा परेकाहरुबाट ६ लाख ५७ हजार राजस्व संकलन भएको छ । यस्तै कार्यालयले ९ सय ६० जना सवारी चालकलाई ट्राफिक सचेतना दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टले बताउनु भएको छ । प्रहरी सडकमा भए चालकले नियम पालना गर्ने नभएको खण्डमा जथाभावि सवारी हाक्ने, रोक्ने जस्ता कामहरु भएको उहाँको गुनासो छ ।








