हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा वडा नम्बर–६ का अशक्त असाहय एवं विपन्न ज्येष्ठ नागरिकलाइ सहायता सामाग्री प्रदान गरेको छ । हेटौँडा उपमहानगरपालिकाले वडा भित्रका ज्येष्ठ नागरिकको सम्मानका लागि चलाएको ज्येष्ठ नागरिकलाइ सहायता सामाग्री प्रदान गर्ने अभियान अन्र्तगत उपमहानगरपालिकाले मंगलबार हेटौँडा–६ का ५ जना अशक्त असाहय एवं विपन्न ज्येष्ठ नागरिकलाइ सहायता सामाग्री प्रदान गरेको हो। मंगलबार वडा कार्यालमा एक कार्यक्रमको आयोजना गर्दे हेटौँडा उपमहानगरपालिकाकी उप–प्रमुख मिना कुमारी लामा तथा हेटौँडा वडा नम्बर–६का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले ५ जना अशक्त असाहय एवं विपन्न ज्येष्ठ नागरिकलाई उक्त सहायता सामाग्री प्रदान गरेका छन । कार्यक्रममा उप–प्रमुख लामा, वडाध्यक्ष चौलागाई सहित , हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा–६ का वडासदस्यहरु राजकुमार बास्तोला, सुभद्रा तिमल्सिना, रामहरी राई ,त्यसैगरी हेटौँडा उपमहानगरपालिका म वि अ प्रमुख विष्णु कुमारी लामिछाने,म वि नि सरिता अधिकारी तथा वडासचिव अमोद प्रसाद मैनालीको उपस्थिती रहेको थियो ।








